सबैका लागि स्वास्थ्य र शिक्षा (ज्भ्ँब्) ले बनेपा वडा नं ५ मा रहेको श्री आधारभूत विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई ट्रयाक सुट सेट बितरण गरेको छ । बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, बनेपा वडा नं ५ का अध्यक्ष बलराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्रध्यानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई विद्यालय पोशाक ट्रयाक सुट सेट हस्तान्तरण गरेको थियो । १ सय ५० जना विद्यार्थीहरुलाई ट्रयाक सुट सेट बितरण गरेको छ ।
