IMG-LOGO

बनेपा महोत्सव असोज ४ गते देखि १९ सम्म हुने

 मंगल, भदौ २५, २०८१  ---

        “हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान” भन्ने नाराका साथ बनेपा महोत्सव २०८१ पाँचौ संस्करण असोज ४ गतेदेखि १९ गतेसम्म हुने भएको छ । बनेपा ब्वाइज क्लब (बि.बि.सी)द्वारा आयोजना हुन लागेको बनेपा महोत्सव २०८१ मा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्य लिएको छ । उग्रेश्वर महादेव मन्दिर परिसरमा हुने मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहने आयोजक क्लवका अध्यक्ष महेश कुमार कर्माचार्यले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिनुभयो । मेलामा बालबालिकाको लागि मनोरञ्जन बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन कलाकारहरुको सहभागिता गराई साँस्कृतिक कार्यक्रम समेत गरिने जनाइएको छ । मेलामा खेल प्रतिस्पर्धा, धिमे बाजा प्रतियोगिता, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । विगतका वर्षहरुमा पनि महोत्सब भब्य रुपमा सफल भएकोमा यस वर्ष पनि सम्पुर्ण काभ्रे तथा आसपासका जिल्ला बासीहरुलाई महोत्सवमा सहभागि हुन आब्हान गरिएको छ । असोज ९ गतेदेखि २४ गतेसम्म गर्ने भनिएको महोत्सव स्थानीय व्यापारिहरुको विरोध पछि केहि दिन अघि सारिएको हो । बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा काभ्रे उद्योग वाणिज्य संघको पदाधिकारी, नगरका स्थानीय व्यापारीहरुको प्रतिनिधि, बनेपा ब्वाइज क्लवका पदाधिकारीहरु बीच भएको बार्ताबाट बनेपा महोत्सव असोज ४ गतेदेखि १९ गतेसम्म हुने सहमति भएको छ । अब उप्रान्त कुनै पनि संघ संस्थाले मेला महोत्सवहरु गर्दा चाडपर्वहरु पारेर नगर्ने पनि सहमति भएको बताइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्