जिल्ला सहकारी संघ काभ्रेको आसन्न निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । भोली हुने डिस्कोपको ४३ औं साधारण सभामा अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । मोडल बचत तथा ऋण सहकारी संस्था लि बनेपाका राजन शाक्य, बनेपा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अमन पोटे श्रेष्ठ र जागृत कुशादेवी बचत तथा ऋण सहकारी संस्था लिका कमला अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा ३ जनाको भिडन्त हुने भएको छ । महिला उपाध्यक्षमा राधीका दाहाल घिमिरे, मिरा सत्याल २ जनाको, उपाध्यक्षमा ठाकुरनाथ अधिकारी र शान्ति लामा २ जनाको उम्मेदवारी परेको छ । यस्तै गरी सचिवमा प्रकाश बञ्जारा, यदुनाथ हुमागाई २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै गरी कोषाध्यक्षमा हिमाली श्रेष्ठ र अर्जुन प्रसाद सापकोटाको उम्मेदवारी परेको छ । सञ्चालक आवश्यक पद ६ जनामा १७ जनाको उम्मेदवारी परेको छ । बलराम मानन्धर, रोशन कुमार श्रेष्ठ, केशव प्रसाद काफ्ले, जगन्नाथ श्रेष्ठ, पूर्ण सागर रञ्जीत, अनन्त सत्याल, सिद्धिलाल श्रेष्ठ, श्याम हरी सापकोटा, शिव प्रसाद ढुङ्गेल, अम्बिका तिमल्सिना, मोहन कुमार श्रेष्ठ, विमली तामाङ, लक्ष्मण गौतम, इन्दिरा गौतम, सदर्शन अधिकारी, सुनिता धिताल, होम कुमारी तमाङ दोङ्गले उम्मेदवारी दिएका छन् । महिला सञ्चालक सदस्य आवश्यक पद संख्या ४ जनामा देवकी तिमल्सिना दाहल उम्मेदवारी परेको छ । लेखा सुपरिवेक्षण समिति तर्फ संयोजकमा डिल्ली प्रसाद आचार्य, गणेश प्रसाद भट्टराइ र मञ्जु आचार्य घिमिरेको उम्मेदवारी परेको छ । लेखा सदस्यमा प्रेमनाथ कोइराला, पवनराज कारञ्जीत त्यस्तै लेखा सदस्य महिलामा कुनै उम्मेदवारी परेको छैन । ज्ञानेन्द्र बहादुर तामाङ, कल्पना कुवर, इश्वरी घिसिङ, शारदा थापा आधारभूत योग्यता नपुगेको निर्वाचन उपसमितिले जनाएको छ । नेपाली कांग्रेसको समर्थनमा अमन पोटेको प्यानलमा माओवादी र समाजवादीको मोर्चा सहित चुनावमा होमिएको बताइन्छ । त्यस्तै नेकपा एमाले पक्षको प्यानल राजन शाक्यको प्यानल एक पक्षिय रूपमा चुनावी मैदानमा उत्रेको छ । १५ जना सञ्चालक समिति ३ जनाको लेखा सुपरिवेक्षण समितिको गरी १८ जनाको सञ्चालक समिति भोलि २६ गते हुने निर्वाचनले निर्वाचित गर्ने छ ।
