IMG-LOGO

महामारीजन्य रोगको बारेमा सञ्चारकर्मीसँग अन्तरक्रिया

 मंगल, भदौ १८, २०८१  – हरिनाथ न्यौपाने

 

               जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा भईरहेको स्वास्थ्य गतिविधि सम्बन्धिको जानकारी पत्रकार सम्मेलन मार्फत दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै जनस्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागिश्री कक्षपति श्रेष्ठले  साउन १ देखि भदौ ११ गतेसम्ममा ५१ जनामा डेंगी सङ्क्रमण भएको भन्दै सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । ०७९÷०८० मा ४८७ जनामा सङ्क्रमण भएको कार्यालयले जनाएको छ । जसमध्ये बनेपा नगरपालिकामा १२ जना भेटिएका छन् भने ४ वटा गाउँपालिकामा सङ्क्रमण देखिएको छैन । उक्त अवसरमा जिल्लामा देखिएका महामारीजन्य रोग, त्यसको अवस्था, रोकथामका लागि भएका प्रयास तथा आगामी दिनमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि भएका प्रयासका बारेमा जानकारी दिइएको थियो । काभ्रे जिल्लामा मलेरिया, कालाजार, डेंगी, कोभिड, रेविज लगायतका महामारीजन्य रोगहरु नियन्त्रणका लागि भएका प्रयासका बारेमा समेत जानकारी गराइयो । नेपाल पत्रकार पहासंघ काभ्रे अध्यक्ष बद्रीराज तिमल्सिना र पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले मन्तव्य राखेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्