IMG-LOGO

विद्यासागर स्कुलको स्थापना दिवसमा तिजको नृत्य प्रतियोगिता

 मंगल, भदौ १८, २०८१  ---

 

               बनेपामा रहेको विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयको ३० औँ स्थापना दिवसको अवसरमा काभ्रे जिल्लाव्यापी अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता आइतबार सम्पन्न भएको छ । हरितालिका तीजको अवसर पारेर प्याब्सन काभ्रेको सहकार्यमा भएको प्रतियोगितामा बागमती अंग्रेजी माध्यमिक विद्यालयको टीम प्रथम , काभ्रे अंंग्रेजी माध्यमिक विद्यालय पनौती दोस्रो  , स्प्रीङहिल अंग्रेजी माध्यमिक विद्यालय नाला तेस्रो र नाइटेङ्गल अंग्रेजी माध्यमिक विद्यालय बनेपाको टीमले सान्त्वनाको पुरस्कार पाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार, दोस्रोले २० हजार , तेस्रोले १५ हजार र सान्त्वनाले १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ट नृत्य निर्देशकको उपाधी बागमती अंग्रेजी माध्यमिक विद्यालयका नृत्य प्रशिक्षक निशा कार्कीले प्राप्त गरेकी छिन । ३४ वटा टिमले सहभागिता जनाएको प्रतियोगितामा नृत्य निर्देशक श्याम खड्गी, महेश केसी र सुजीता घिमिरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलको सभापतित्वमा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय उपमहासचिव भिमसेन केसीले गर्नुभयो भने समापन नृत्य निर्देशक कमल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आयोजक विद्या सागर अंग्रेजी माविका प्रिन्सिपल हिरा शर्मा नेपालले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्