IMG-LOGO

शीर मेमोरियल अस्पताल कलेज अफ नर्सिङ्गको स्वागत तथा विदाई कार्यक्रम 

 मंगल, भदौ १८, २०८१  ---

               बनेपा, शीर ममोरियल अस्पताल मेडिकल इन्ष्टिच्यूट कलेज अफ नर्सिङ्गको विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम आइतबार स्मार्ट पार्टी प्यालेस बनेपामा सम्पन्न भयो । बनेपा नगरपालिका वडा नं. ५ का वडा सदस्य कृष्णगोपाल बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालका चिफ एक्ज्युकेटीभ डाक्टर हेक्टर जेन्टपनन (म्च। ज्भअतयच न्भलतबउबलबल), डा जोसेलिन गाउजोन ग्यारेस (म्च। व्यअभथिल न्बगशयल न्बथबचभक), डा. विराट पास्टर एमपुरी, अस्पतालका सल्लाहकार सुन्दर थापा मगर, अस्पतालका वित्तिय प्रमुख सुर्य प्रभा शाक्य, एकेडेमीक डाइरेक्टर ताराजंग गुरुङ, नर्सिङ डिपार्टको प्रिन्सिपल प्रोफेसर निर्मल मानन्धर, भाइस प्रिन्सिपल प्रोफेसर प्रतिमा मानन्धर, शारदा इन्टिच्यूट अफ हेल्थ साइन्सेस भक्तपुर ठिमीको प्रिन्सिपल सपना शैँजु, शिर मेमोरियल कर्मचारी संगठनका अध्यक्ष राजकुमार श्रेष्ठ, रेडियो एवीसीको अध्यक्ष रमेश प्रसाद न्यौपाने, शीर मेमोरियल अस्पतालका सल्लाहकार सुन्दर थापा मगर लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डाक्टर हेक्टरले शीर मेमोरियले अस्पतालले नागरिकहरुलाई सर्वशुलभ ढङ्गबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । प्रमुख कर्यकारी अधिकृत हेक्टरका अनुसार गरीवी, असाहाय, अपाङ्गता भएका व्यक्तिहरुलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा पु¥याएको बताउनुभयो । शीर मेमोरियल अस्पताल मेडिकल इन्ष्टिच्यूट कलेज अफ नसिङ्गबाट उत्पादित नर्सहरुले ग्रामीण दुरदराजका नागरिकहरुको स्वास्थ्य सेवा पु¥याउनुको साथै देशका विभिन्न अस्पतालमा कार्यरत रही स्वास्थ्यमैत्री सेवा प्रवाह गर्दै आएको कुरा प्रिन्सिपल प्रोफेसर निर्मला मानन्धरले बताउनुभयो । उक्त कार्यक्रममा नर्सिङ्ग कलेजमा १५ औँ व्याचमा हाँसिल गरेका २० जना विद्यार्थीहरुलाई दीक्षीत गरी विदाई र १८ औँ व्याचमा प्रथम वर्षमा भर्ना हुन आएका ४० जना विद्यार्थीहरुलाई स्वगत गरेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्