IMG-LOGO

संक्रमित सदस्यलाई बिन्धबासिनीको सहयोग

 मंगल, जेठ ११, २०७८  ---


बनेपा, समुदायमा आधारित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले संस्थाका शेयर सदस्यहरुमा कोही कसैलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित भई उपचारको लागि अक्सिजन आवश्यक भएमा संस्थाले सहजीकरण गरिदिने भएको छ । ज्येष्ठ ७ गते संस्थाका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा बसेको सञ्चालक समितिको भर्चुअल बैठकले निणर्य गरेको संस्थाका प्रमुख व्यवस्थपक के.बी. लामाले जानकारी दिनुभयो । काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर जिल्लाका अक्सिजन उद्योगसँग समन्वय गरेर आपत विपतमा परेका आफ्ना शेयर सदस्यहरुको हितको लागि अति जरुरी अवस्थामा अक्सिजन आवश्यक पर्दा मात्र ९८५१२१६९५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्