बनेपा, रोटरी क्लव अफ नमोबुद्धको २०२४÷०२५ को अध्यक्षमा रोटरीयन गंगा लुईटेल रहनु भएको छ । प्रेसिडेन्ट इलेक्ट सावित्री विक, प्र्रेसिडेन्ट नोमिनी विना भट्टराई, सेक्रेटरीमा सजना प्रधान, टे«जयरी आरती खड्का, क्लव एडमिन चेयर टासी डोल्मा लामा, मेम्बर डेभ चेयर नविना बञ्जरा, पब्लीक इमेज चेयर लक्ष्मी अधिकारी, सर्भिस प्रोजेक्ट चेयर सोभा नकर्मी, टि आर एफ कुशुम अधिकारी सरजेन्ट एटआरर्म डाइरेक्टर सूर्य कुमारी श्रेष्ठ, ज्वाइन सेक्रेटरी सारदा घिमिरे भैल, इडिटर पुष्पा खड्का रहेको कार्य समिति गठन भएको छ । २०२४ जुन २६ मा गठन भएको क्लवको पदस्थापना कार्यक्रम शनिबार लोटस इभेन्टमा सम्पन्न भयो । उक्त समारोहमा दिनेश राज मानन्धरले स्वागत मन्तव्य दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लवका पूर्व गभर्नर राजेन्द्र प्रसाद ध्वजु हुनुहुन्थ्यो । समय, साथ, अनुभव तीन कुरा र आर्थिक रकमको उपलब्धताले सामाजिक कार्य गर्दै समाज रुपान्तरणमा सहयोग पु¥याउन सकिने कुरा प्रमुख अतिथि ध्वजुले बताउनुभयो । २३ वटा देशमा फैलिएको नेपालमा उक्त क्लवमा १ सय ६० क्लव छन् । नेपालमा ५ हजार ७ सय सदस्य छन् । पेशा, परिवार अनि रोटरी मुलमन्त्र गरी क्लवका सबैले आ–आफ्नो जिम्मेवारी पु्रा गरेको खण्डमा निर्धारण गरेको उद्देश्य पुरा हुने कुरा प्रमुख अतिथि ध्वजुले गर्नुभयो । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, सामुदायिक रेडियो प्रशारक संघ काभ्रे संयोजक रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । सोभा नकर्मीले धन्यबाद दिनुभएको कार्यक्रममा सभापतित्व क्लवको अध्यक्ष गंगा लुईटेलले गर्नु भएको थियो ।
