IMG-LOGO

लायन्स क्लब अफ काभ्रे बनेपाको ४७ औं पदस्थापन

 मंगल, भदौ १८, २०८१  ---

 

               लायन्स क्लब अफ काभ्रे, बनेपाको ४७ औ पदस्थापना समारोहको अध्यक्षता सरिता पलान्चोकेले गर्नु भएको थियोे । उक्त समारोहको प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य हुनु हुन्थ्यो । लायन्स क्लबमा नयाँ सदस्य ४ जनालाई स्वगत त्यसैगरी लियो क्लबमा ११ जनालाई स्वागत गरिएको थियो । विसिस्ट अतिथि लायन्स इन्टर नेश्नल ३२५ न् को गभरनर डा. कमल बहादुर कायष्ठ, बनेपा नगर उप–प्रमुख विमला सापकोटा लगाएत विसिस्ट अतिथि हुनुहुन्थ्यो । लायन्स क्लब अफ काभ्रे बनेपाको लायन वर्ष २०२४÷२०२५ का लागि लायन ईश्वर महाजुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । बुधबार बनेपा पार्टी भेन्युमा आयोजित पद हस्तान्तरण कार्यक्रममा लायन सरिता पलाञ्चोके निर्वतमान अध्यक्ष, लायन सुरज श्रेष्ठ प्रथम उपाध्यक्ष, लायन निर्मला ताम्राकार बैदार द्धितिय उपाध्यक्ष, लायन सरोज तिमल्सिना तृतिय उपाध्यक्ष, लायन दिब्यश्वरी लाखे पोटे श्रेष्ठ चौथो उपाध्यक्ष, लायन जयन्द्र बादे श्रेष्ठ सचिब, लायन विकास पन्त कोषाध्यक्ष, लायन राजेश्वरी श्रेष्ठ सह सचिब, लायन दुर्गा रञ्जीतकार सह कोषाध्यक्ष, लायन राजेन्द्र कोङ्गा श्रेष्ठ टेमर, लायन कृष्ण लाल श्रेष्ठ टेल टिवष्टर, लायन कौशलराज खड्का पिआरओ, लायन सुरेश झक्त भोछिभोया लियो क्लब ईड्भाइजर रहेकोमा बधाई एवं शुभकामना आदान प्रदान सम्पन्न भयो । लायन दिव्यश्वरी लाखे पोतेले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष जयन्द्र बादेले आर्थिक प्रतिवेदन र सचिवले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा अनुमोदन भएको थियो । लायन्स क्लब अफ काभे्रका सल्लाहाकारहरु विधान जोशी, रामराजा धौभडेल, महेन्द्र लाल श्रेष्ठ, राजु सरकार, अमन पोटे श्रेष्ठ, भवसागर रंजितकार लगायत लायनहरु सहभागी रहेको कार्यक्रममा सामाजिक कार्यहरु आगामी दिनमा समेत निरन्तरता दिने सहभागीहरुले बताएका थिए । कार्यक्रमको सभापतित्व क्लबको अध्यक्ष सरिता पलाञ्चोकेले गर्नुभएको थियो । लायन दिव्यस्वरी लाखे र लायन जयन्द्र बादेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्