IMG-LOGO

हरितालिका तिज प्रतियोगितामा धुलिखेल वडा नं. ८ प्रथम

 मंगल, भदौ १८, २०८१  ---

               धुलिखेल नगरपालिकाले हरितालिका तीजको अवसर पारी शुक्रबार आयोजना गरेको दोहोरी प्रतियोगितामा वडा नम्वर ८ ‘क’समुह विजयी भएको छ । ‘धुलिखेल नगरको आब्हान, घर घरमा नारीको सम्मान’ विषयक दोहोरी प्रतियोगितामा नगर भित्रका १२ वटा बाट ८ वटा समुहले प्रतिस्पर्धामा भाग लिएका थिए ।

               प्रतियोगितामा वडा नम्वर १० को समुह दोश्रो भयो । त्यस्तै प्रतियोगितामा वडा नम्वर ११ को समुह तेश्रो भयो भने वडा नम्वर ३ ले सान्त्वना पुरस्कार प्राप्त ग¥यो । विजयी समुहले १० हजार रुपैया पुरस्कार प्राप्त गरेको थियो । दोश्रो हुनेले ७ हजार, तेश्रो हुनले ५ हजार र सान्त्वना पुरस्कार ३ हजार प्रदान गरिएको थियो । एउटा समुहमा ५ जना प्रतियोगिहरु सहभागि थिए । विजयी समुहलाई नगर प्रमुख अशोक ब्याञ्जु लगायतका अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।

               महिला परिषद् उपाध्यक्ष गिता तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा धुलिखेल नगरपालिका वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्य, नगरपालिका शाखा अधिकृत पुजा काफ्ले लगायतले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । संगिता भण्डारीले संचालन गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरु, कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा ८ वटा समुह दर्ता भएका थिए । दर्ता भएका समुहलाई विहिबार गोला प्रथा मार्फत प्रतिस्पर्धी टिम छनौट गराईएको थियो । जस अन्र्तगत वडा नम्वर १ को समुह वडा नम्बर ३ को समुहसँग प्रतिस्पर्धा भएको थियो भने वडा नम्वर ११ को समुह वडा नम्वर १२ को समुहसँग प्रतिस्पर्धा भएको थियो । वडा अध्यक्ष आचार्यका अनुसार वडा नम्वर ६ को समुह वडा नम्वर ८ को क समुहसँग र वडा नम्वर १० को समुह वडा नम्वर ८ को ख समुहसँग प्रतिस्पर्धा भएको थियो ।

               प्रत्येक समुहलाई २० मिनेटको समय उपलब्ध गराईएको थियो । बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, रामहरी न्यौपाने र सरु गौतमले निर्णायक मण्डलमा रहनु भएको थियो । धुलिखेल नगरका १२ वटै वडाका महिलाहरुको समुहगत सहभागिता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्