चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समिति को संयोजकत्वमा बनेपा नगरपालिकाको कार्यलय सभाहलमा यस संस्थाका अध्यक्ष नबिन भक्त बादेको अध्यक्षतामा जेष्ठ सदस्य (पिता) सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य हुनुहुन्थ्यो । कार्यक्रममा बिषेश अतिथिका रुपमा बनेपा वडा ८ कार्यालयका अध्यक्ष शुभलक्ष्मी मानन्धर रहनु भएको थियो । कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्ष नाघेका जेष्ठ पुरुष सदस्यहरु लाई कुशेआँैशिको उपलक्ष्यमा सम्मान गरिएको थियो । कार्यक्रममा ११२ जना जेष्ठ पिताहरुलाई सम्मान गरिएको छ । संस्थाका संचालक सदस्य तथा महिला बिकास उप समिति संयोजक मनोहरी पोटेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा इलेक्ट्रिक मल्टिपपोज बोईलर तथा खाद्यान्न का साथ साथै सम्मान पत्र प्रदान गरिएको थियो । साथै संस्थामा आवद्ध जेष्ठ पूरुष सदस्यहरु मध्यबाट उत्कृष्ट कारोबारको आधारमा संरक्षित पुँजी फिर्ताकोष बापत उच्चतम रकम पाउने ३ जना जेष्ठ पिताहरुलाई बिषेश सम्मान गरिएको थियो ।
कार्यक्रममा ७५ बर्ष माथिका जेष्ठपिताहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । उपस्थीत ८३ जना जेष्ठ पितासदस्यहरु सम्पुर्णलाई सम्मान गरिएको थियो भने अनुपस्थीत २९ जनालाई घरदैलोमा गई सम्मान गरिएको थियो । चण्डेश्वरी साकोसले हरेक वर्ष जेष्ठ सम्मानका कार्यक्रमहरु गर्दै आईरहेको छ । मातातिर्थ औँशिको समयमा जेष्ठ माताहरुलाई र कुशेऔँशिको समयमा जेष्ठ पिताहरुलाई सम्मान गर्ने गरेको छ ।
