बेलायत निवासी भरतकुमार श्रेष्ठबाट सम्पादित अबको बाटो सार्वजनिक गरिएको छ। विविध क्षेत्रमा ख्याति कमाएका २७ जना विशेषज्ञद्वारा लिखित सो कृति शनिबार राजधानीमा सार्वजनिक गरिएको हो । पूर्वन्यायाधीश अनुपराज शर्माले लोकार्पण गरेको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमाले उप–महासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेस नेता डा. डिला संग्रौला, एमालेका नेता उषाकला राई, अर्थविद् डा. चन्द्रमणि अधिकारी र प्रा. पुरुषोत्तम दाहालले किताबमाथि समीक्षा गरे ।
पुस्तकमा नेपालको विकास कसरी ? सिमाना नाघेका भानुभक्त र नेपाली साहित्य, नेपाली डायस्पोरा र हाम्रो मूलदेश, मलमा सधैँ परनिर्भरता कि विकल्पको खोजी ?, नेपाल किन पछि, अरू किन अघि ?, साइबर संस्कृति र साहित्य तथा मेरो देश, मेरो सान, मेरो सर्वस्व जस्ता शीर्षकका लेख समेटिको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनदेखि अर्थशास्त्री चद्रमणि अधिकारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डा. प्रकाश बुढाथोकी, प्रा.डा. सुरेन्द्र केसीलगायत अबको बाटो शीर्षकसँग जोडिएका विचार पुस्तकमा समेटिएको छ ।
त्यस अवसरमा पूर्व प्रधानन्यायाधीश शर्माले नेपाली राजनीति दिशाहीन भइरहेको वर्तमान सन्दर्भमा मुलुकका स्वनामधन्य लेखकका अनुसन्धानात्मक लेखले मुलुकको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक एवं शैक्षिक क्षेत्रका आयाममा तरंग ल्याउने विश्वास व्यक्त गरे । किताबमा डा. जयराज आचार्य, कृष्ण धारावासी, जीवा लामिछाने तथा डा. प्रदीप लामिछानेका लेख समेटिएका छन्। त्यस्तै, प्रा.डा. वीणा पौडेल, शिवजी श्रेष्ठ, प्रा पुरुषोत्तम दाहाल, प्राडा ढुण्डीराज पौडेल, ज्ञानु अधिकारी, विजय हितान, रामप्रसाद पन्त, श्यामसुन्दर श्रेष्ठ सहृदय एवं प्रा.डा.सुरेन्द्र केसीका लेख समाविष्ट छन् ।
साथै, विश्वभक्त दुलाल ‘आहुति, मनोज काफ्ले, महावीर पुन, डा. चन्द्रमणि अधिकारी, कल्याण श्रेष्ठ, डा. प्रकाश बुढाथोकी, रमेश नेपाल प्रा.डा. विद्यानाथ कोइराला, डिलबहादुर पुर्जा पुन, गणेश थापा, डा. होमबहादुर बस्नेत, डा. मिलन ज्ञवाली, डा. नेत्र तिमल्सिना तथा भरतकुमार श्रेष्ठ ‘विवशका लेख पनि ‘अबको बाटोमा संग्रहित छन् ।
