‘ काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । छैटौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै मैदानमा उत्रिए पछि नतिजा जे पनि हुन सक्छ नजिते पनि केहि कुरा सिक्छु भनेर अगाडि बढन सबै बालबालिकाहरु लाई अनुरोध गर्नु भएको थियो ।
प्रतियोगितामा विशेष थापा जुनियर केटा तर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शीर्ष उपाधि रुबोना मानन्धरले हात पारिन् । त्यस्तै सिनियर केटातर्फ सुब्रत खड्का र सिनियर केटीतर्फ एड्रिना बम्जन शीर्ष बिजेता घोषित भए । कार्यक्रममा जुनियर केटातर्फ फष्ट रनर अप एल्यक्स तामाङ ब्लोन र सेकेन्ड रनर अप रिह्याज कायस्थ घोषित हुँदा जुनियर केटीतर्फ होइसर तामाङ फष्ट रनर अप र बेबिना शाक्य सेकेन्ड रनरअप भए । त्यस्तै सिनियर केटातर्फ पृथक जङ थापा फष्ट रनर अप, बिनित राज केसि सेकेन्ड रनर अप घोषित हुँदा सिनियर केटीतर्फ परिसा केसी फष्ट रनर अप र सजनी तिवारी सेकेन्ड रनर अप भए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगीतमा सबिना प्रजापति प्रिन्सिपल (किडस क्यास्टल), बिजय सिह मुस्याजु सेकेण्डरी इन्चार्ज (बेलर इन्टरनेशनल एकेडेमी) अशोक पाण्डे निर्देशक–प्रिन्सिपल (शेमरक निस्ट वर्ल्ड स्कूल), लभ कार्की प्रमुख कार्यकारी निर्माता ःभमष्ब ढ (ध्इध् ७ द्यगकष्लभकक घटण् ःबनबशष्लभ), निलिमा मास्के श्रेष्ठ गितकार तथा कवियत्री लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए । प्रतियोगीको अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्गवेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षण सहित फाइनल प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् । शीर्ष उपाधी जित्ने बिजेताहरुलाई विभिन्न अवसरहरु प्रदान गरिने भएको छ ।
