IMG-LOGO

श्री हिमकाली साकोसको २३ औँ साधारण सभा

 मंगल, भदौ १८, २०८१  ---

 

               हिमकाली समाजसेवा बचत तथा ऋण सहकारी संस्था लि. पनौती–१० को २३ औँ साधारण सभा शनिबार सम्पन्न भयो । कृषि विउ, तरकारी तथा फलफुल केन्द्रिय महासंघका अध्यक्ष  विनोद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अनन्त सत्यालले गर्नुभयो । सचिव उत्तम आचार्यले प्रगति तथा भावि कार्य योजना प्रस्तुत  गर्नुभयो । कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले आ.व ०८०÷०८१ को लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सदस्य सन्तोष प्याकु्रेलले प्रस्तुत गर्नुभयो । १ हजार ४ सय ६१ शेयर सदस्यबाट १ करोड ४८ लाख ९३ हजार ४ सय शेयर पूँजी संकलन, जगेडा कोष ३७ लाख ५ हजार ३ सय १, ५ लाख ७८ हजार ९ सय १० अन्य कोष रहेको छ । विभिन्न कोष गरी ८ करोड ७० लाख ८४ हजार ४ सय ९२ रहेको संस्थाले जनाएको छ । ०८१÷०८१ मा ७ करोड ९९ लाख ६२ हजार  ५ ऋण लगानीमा रहेको छ । १ करोड ४८ लाख ९० हजार ८८ आम्दानी गरेको संस्थाको व्याज खर्च १ करोड २१ लाख ६९ हजार २ सय ७२ भएको संस्थाले जनाएको छ । २७ लाख २० हजार ८ सय १६ नाफा बचत भएको छ । लेखा संयोजक पद रिक्त रहेकाले उप निर्वाचन समितिका संयोजक मोहन प्रसाद लामिछानेले साधारण सभाबाट सर्वसम्बत भएकाले मोहनप्रसाद सत्याल लेखा संयोजकमा निर्वाचित भएको घोषणा गर्नु भएको थियो । जिल्ला बचत संघ काभ्रेका सञ्चालक रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष अर्जुन प्रसाद बजगाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्