IMG-LOGO

युनाईटेड फिट्नेशको तिज कार्यक्रममा सम्मान

 मंगल, भदौ १८, २०८१  ---

 

               बनेपा÷युनाईटेड फिटनेश एण्ड डान्स सेन्टरको आयोजनामा बनेपामा गृहिणी महिला एकल नृत्य प्रतियोगिता आयोजना गरिएको छ । बनेपामा रहेको उक्त संस्थाले गृहिणी महिलाहरुको स्वास्थ्यको ख्याल गर्दै विभिन्न स्वास्थ्यवद्र्धक फिटनेस कार्यक्रम संचालन गर्दै आएको छ । अध्यक्ष सजिना श्रेष्ठका अनुसार तीज पर्वको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगितामा २३ जना गृहिणी महिलाले एकल नृत्यका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा पनौती ६ को विगु लामा, दतीय बनेपा ९ को सुमित्रा देवी श्रेष्ठ र तृतीय धुलिखेल श्रीखण्डपुरको सूर्यकमला श्रेष्ठ विजयी भएका छन् । त्यस्तै गरी टयाम्पो ड्राइभर सुनिता विक, मकै पोलेर गुजार गर्ने इस्वरी गीरी र डोल्मा तामाङ सम्मान गरेको थियो । नृत्य निर्देशक निर्णायक मण्डलमा मिना कोइराला र पिन्की खड्का हुनु हुन्थ्यो । प्रतिस्पर्धामा प्रथम हुने गृहणीलाई नगद १० हजार सहित आर्कषक पुरस्कार, दोश्रो हुने गृहिणीलाई नगद ७ हजार र तेश्रो हुने गृहिणीलाई नगद ५ हजार सहित आर्कषक पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा फिटनेस एण्ड डान्स सेन्टरमा सहयोग गर्ने विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्