लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुहले काभ्रेस्थित सुस्तमनस्थिति पुर्नस्थापना केन्द्रलाई खाद्यन्न, लत्ताकपडा तथा त्यहाँका लागि शैक्षिक सामाग्री सहयोग गरेको छ । मानवतालाई पहिलो प्राथमिकतामा राख्दै लायन्स क्लव अफ काठमाण्डौं रक्तदाता समुहले विविध कार्यक्रमको आयोजना गरि पुर्नस्थापना केन्द्रलाई सहयोग गरेको हो ।
सो अवसरमा क्लबका पदाधिकारीहरुले काभ्रेको पाँचखालस्थित पलान्चोक भगवती मन्दीर सरसफाई, वृक्षरोपण गर्नुका साधै सरसफाई गर्ने सामानहरु डस्वीन, कुचो, पन्जा, फिनेल, चर्पी सरसफाई गर्ने सामाग्रीहरु वडाअध्यक्ष रामकाजी श्रेष्ठलाई हस्तान्तरण गरेको रक्तदाता समुहका संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता केदार प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी वौद्धिक अपांग स्रोत कक्षा तथा सुस्तमनस्थिति पुर्नस्थापना केन्द्र पाँचखाल ११ खरेलथोकमा शैक्षिक सामाग्री, खाद्यन्न सामाग्रीहरु दाल, चामल, गेडागुडी तरकारी, नुन तेल र २२ जना बालबालिकाहरुका लागि लत्ताकपडा प्रदान गरेको क्लवका अध्यक्ष श्याम सुन्दर माकजुले बताउनुभयो ।
उक्त कार्यक्रम सफल बनाउन क्लवका २०२३ र २४ का अध्यक्ष यस बर्षका जोन चियर पर्सन चक्र बहादुर न्यौपाने (सुदर्सन), क्लवका वर्तमान अध्यक्ष श्याम सुन्दर माकजु, उपाध्यक्ष नारायण न्यौपाने, द्धितीय उपाध्यक्ष शिवसरण थापामगर, सचिव बिनय त्रीपाठी, सदस्य मदन त्रीपाठी लगायतको उपस्थिती रहेको थियो । साथै क्लवले उक्त संस्थाका संयोजक रमेश खरेललाई सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।
लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुह स्थापना कालदेखि नै सामाजिक कार्यहरुमा सक्रिय रुपमा लागि रहेको छ । क्लबका संस्थापक अध्यक्ष न्यौपानेको संयोजकत्वमा निरन्तर रक्तदानका कार्यहरु, दुःखी गरिबलाई आर्थिक सहयोग, खाद्यन्न, लत्ताकपडा सहयोगका कार्यहरु निरन्तर गर्दै आईरहेको छ र आगामी दिनहरुमा पनि यस्ता कार्यहरु निरन्तर गर्दै जाने योजना रहेको क्लवका अध्यक्ष माकाजुले बताए ।
