IMG-LOGO

विश्व स्वास्थ्य संगठनद्वारा धुलिखेल नगरलाई नेपालको पहिलो “स्वस्थ सहर घोषणा”

 मंगल, भदौ १८, २०८१  ---

               धुलिखेल नगरपालिकालाई नेपालको पहिलो, दक्षिण पूर्वी एसियाको दोस्रो स्वस्थ सहर घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. सुभाजी गुडद्वारा गत मंगलबार धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ शहर घोषाणा गर्दै ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो ।

               ‘विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा गरेकोमा हर्षित हुँदै भन्नुभयो नगर प्रमुख अशोक ब्याञ्जुको यो निर्णयले नेपाल र काभ्रेपलाञ्चोक जिल्लाबासीका साथै धुलिखेल नगरबासी खुशी छौ । खुशीसँगै अवसर र चुनौती दुबै थपिएको छ । विगत २ वर्ष देखि धुलिखेल नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मुल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले ६२.४८ अंक प्रदान गरी दक्षिण पूर्व एशियाको दोश्रो तहको स्वस्थ शहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको समेत बताउनुभयो ।

               विस्व स्वास्थ संगठनले निर्धारण गरेको सूचक मापडण्द पुरा गरेर स्वास्थ क्षेत्रको नीतिगत सुधार,दिगो बिकास लक्ष्य, बातावरणीय सुधार, गरिवी निवारणमा न्यूनिकरण, नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायीक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतीलाई आधार मानेको छ । धुलिखेल नगरपालिकाले बिश्व स्वास्थ संगठन मार्फत सर्ने र नसर्ने रोग, जेष्ठ नागरिक स्वास्थ्य, दलित र गरिव समुदायको स्वास्थ्यमा दिगो बिकासको स्वास्थ्य लगायत शहरी स्वास्थ्य सुशासनमा काम गर्ने नगर प्रमुख ब्याञ्जुले उल्लेख गर्नुभयो ।

               धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरका अनुसार अपाङ्गता, स्वच्छ खानेपानी, बातावरणीय प्रभाब न्युनिकरण, सुरक्षित र पूर्ण खोप, सामुदायिक स्वास्थ्य लगायतका क्षेत्रमा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी कार्य गरिरहेको थियो । भारतको पुने शहरले पहिलो तह, थाईल्याण्डको किओङ्ग च शहरले समेत दोश्रो तह प्राप्त गरेका छन् । धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले नगरका जनप्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मीहरुको लगनशिलता, निरन्तरताको प्रयासले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर घोषणा गर्ने महत्वकाँक्षी योजनामा सफल भएको बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्