काभ्रेपलान्चोक – विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल सञ्चारकर्मी अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौरी मल्लले युवा पत्रकारिता सम्मान प्रदान गरेका थिए । मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ र सामरी इन्टरनेशनल अवार्ड २०२४ को अवसरमा अरबिन्द्र गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो ।
नेपाली कला, संस्कृति, साहित्य, राजनीति, गित संगित, कुरिती–कुसंस्कार लगायत सबैखाले विकृति विसङ्गतिका विषयमा सत्य तथ्य खबर निरन्तर रुपमा बाहिर ल्याउन यहाँले दिनुभएको योगदानको उच्च मुल्यांकन गर्दै मण्डला राष्ट्रिय प्रतिभा सम्मान – २०८१ को विशेष कार्यक्रमका अवसरमा गौतमलाई युवा पत्रकारिता सम्मान – २०८१ प्रदान गरिएको हो ।
नव क्षितिज साप्ताहिकका सह–सम्पादक, काभ्रे प्रेस डट कमका प्रधान सम्पादक, राम्रो सन्देश डट कमका सह– सम्पादक साथै माउन्टेन टेलिभिजनका काभ्रे सम्बादाताको रुपमा पनि लामो समय पत्रकारिताको क्षेत्रमा रहेर काम गरेका थिए । नेशनल पावर न्युज लगायत अन्य थुप्रै मिडियामा आवद्ध रहेका उनि प्रेस चौतारी नेपाल काभ्रेका सह–सचिव पनि हुन् ।
