IMG-LOGO

काभ्रेमा सवारी साधनहरुको दुर्घटना बढ्यो

 मंगल, भदौ १८, २०८१      रमेश प्रसाद न्यौपाने

               सवारी साधनहरुको दुर्घटनाले दिन प्रतिदिन ठुलै जनधनको क्षति हुन पुगेको छ । काभ्रे जिल्लामा पनि दैनिक जसो हुने सवारी दुर्घटनाको कारण जनधनको क्षति व्यहोर्नु परेको छ । आ.व ०८०÷०८१ मा १ सय ८१  सवारीसाधन दुर्घटना हुँदा ६० जना पुरुष, १६ जना महिला, ७ जना बालक र २ जना बालिका गरी ८४ जना गम्भिर घाइते भएका छन् । त्यस्तै गरी साधारण घाइते तर्फ १ सय ६३ पुरुष, ६६ महिला, ५ बालक र ११ जना बालिका गरी २ सय ५५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे बनेपाले जनाएको छ । २०८१ असार सम्ममा ३० जना पुरुष र ३ जना महिला गरी ३३ जनाको मृत्यु भएको कुरा प्रहरी नायव निरीक्षक एवं ट्राफिक प्रमुख विकास कुमार तामाङले जानकारी दिनुभयो । आ.व.०८०÷०८१ मा  एक चौपायको सवारी साधन दुर्घटना परी मृत्यु भएको जनाएको छ । आ.व. ०७९÷०८० मा १ सय ५६ सवारी साधन दुर्घटना हुँदा १ सय १७ सख्त घाइते, २ सय ७ सामान्य घाइते भएका थिए । ३३ पुरुष, ११ महिला, ३ बालक, ३ बालिका गरी ५० जनाको मृत्यु भएको थियो । आ.व. ०७९÷०८० मा १ सय ५६ सवारी साधन दुर्घटनामा परेका थिए भने आ.व. ०८०÷०८१ मा १ सय ८१ सवारी साधन दुर्घटना भएको छ । आ.व. ०७९÷०८० को तुलनामा २०८१ मा दुर्घटना संख्या बढेको छ । गत आ.व.मा ५० जनाको मृत्यु भएको थियो भने ०८० मा ३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ०८०÷०८१ मा मानवीय क्षति भने कम भएको देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सडक दुर्घटना न्यूनिकरण, नागरिक सचेतनाका लागि के के कार्य ग¥यो भन्ने जिज्ञासामा ट्राफिक प्रमुख विकासकुमार तामाङले यस्तो प्रतिक्रिया दिनुभयोः– सडक बोर्ड राख्ने, ट्राफिक नियमको सचेतना, चालक सहचालकलाई प्रशिक्षण, ट्राफिक सप्ताह र विद्यालय विद्यालयमा ट्राफिक नियम चेतनामुलक सन्देश  कार्यक्रम गर्दै सवारी साधन दुर्घटना न्यूनीकरणका लागि कार्य गर्दै आएको बताउनुभयो ।

सवारी साधन कारबाहिबाट राजश्व किन कम संकलन भयो ?

               आ.व. ०८०÷०८१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी साधन कारवाहीबाट २  करोड ५१ लाख ५७ हजार ५ सय राजश्व संकलन गरेको छ । आ.व. ०७९÷०८० मा ५ करोड ४० लाख ८२ हजार राजश्व संकलन भएको थियो । गत वर्षको तुलनामा २ करोड ८९ लाख २४  हजार ५ सय कम राजश्व कम संकलन भएको छ । ट्राफिक प्रहरी काभ्रेमा गत वर्षको तुलनामा राजश्व किन कम संकलन भएको भन्ने जिज्ञासामा प्रहरी निरिक्षक सन्तोष ज्ञावली यसो भन्नुहुन्छ ः– नियमित तथा आकस्मिक चेक जाँच, चालक सहचालकहरुले ट्राफिक नियम गर्ने क्रम बढेकोले, टिभिआर एस प्रणाली, बैँकिङ भुक्तानी सिस्टम लागु गरेको कारण कारवाही गरेको शुल्क बैँक मै जम्मा गर्नु  पर्ने र उपत्यकामा प्रतिघण्टा ५० कि.मी स्पिड कायम गरेको हुँदा कारवाही प्रक्रियामा काभ्रेमा मात्र नभई देशभरमै  कम राजश्व संकलन भएको बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्