IMG-LOGO

रोटरी क्लब काभ्रे भ्यालीमा अशोकको नेतृत्व

 मंगल, भदौ ११, २०८१  ---

 

               रोटरी क्लब अफ काभ्रे भ्यालीको चौथो पदस्थापना कार्यक्रम शनिबार बनेपा पार्टी भेन्यूमा सम्पन्न भयो । निवर्तमान अध्यक्ष रिकेश कायश्थले नवनिर्वाचित अध्यक्ष अशोक पाण्डेयलाई पद हस्तान्तरण गरेका थिए । नयाँ समितिले पदस्थापन सँगै आगामी वर्षका कार्यक्रमहरु प्रस्तुत गरेको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेयले आगामी वर्षका कार्यक्रमहरुका लागि सबै क्षेत्रको सहयोग र समन्वयका लागि अनुरोध गर्नुभएको थियो । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का पुर्व गर्भनर संजय गिरीको प्रमुख आतिथ्यता तथा अध्यक्ष अशोक पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य लगायतको आतिथ्यता रहेको थियो ।

               निवर्तमान अध्यक्ष रिकेश कायश्थले आफ्नो कार्यकालमा भएका सामाजिक क्रियाकलाप गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा असिस्टेन्ट गर्भनर भुवन सिं कुँवर, भिमप्रसाद बञ्जारा, विदुर दाहाल, संगिता मानन्धर लगायतले रोटरीका विभिन्न कार्यक्रम र योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी राजकुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष अशोक पाण्डे, सचिव मनिशा श्रेष्ठ, उपाध्यक्षद्धय संगीता मानन्धर, नविना बैद्य, कोषाध्यक्ष पार्वती थापा, बासुदेव अधिकारी त्यस्तैगरी सदस्यहरु अनुप श्रेष्ठ, श्री मानन्धर, प्रिया श्रेष्ठ, संगीता मानन्धर, विदुर दाहाल, भिमप्रसाद बञ्जारा रहनुभएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्