IMG-LOGO

बडालगाउँमा कन्या पुजा सम्पन्न

 मंगल, भदौ ११, २०८१  ---

 

               बडालगाउँ, विगत ७ वर्ष देखि धुलिखेल–८ बडालगाउँ स्थित श्री जन चेतना युवा समुहले कन्या पुजा गर्दै आएकोमा यस वर्ष पनि श्री कृष्ण जन्माअस्टमीको दिन हिजो एक कार्यक्रमबीच कन्या पुजा कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल–८ नं. वडाका ८५ जना कुमार र कन्या गरी पुजा गरिएको कुरा संस्थाका उपाध्यक्ष रमेश प्रसाद बडालले बताउनुभयो । सचिव नवराज बडालका अनुसार संस्थाबाट फलफुल, जेरी र विस्कुट कन्या र कुमारलाई वितरण गरेको जनाउनुभयो । संस्थाका पूर्व अध्यक्ष साधुराम वडाल, जनचेतना युवा समुहका कार्य समिति स्थानीयहरुको सहयोगबाट सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्