पंतजली योग समिति काभ्रे, महिला पंतजली योग समिति काभ्रे र युवा नेपाल काभ्रेको आयोजनामा पुलबजार योग साधना केन्द्र बनेपा १० जनागालमा सो साधना केन्द्रको १७ औँ वार्षिक सभाको उपलक्ष्यमा आयोजना गरिएको पाँच दिने बृहत योग शिविरको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले उद्घाटन गनुभयो ।
उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक रहनुभएका पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख एंव केन्द्रिय सदस्य ग्रुविन तौजलेले दैनिक योग साधनाबाट सम्पूर्ण मानवको सकारात्मक चिन्तनमा विकास हुने र स्वस्थ जीवन जिउन सहयोग पु¥याउने भएको हुनाले जन–जनमा योगको लहर फैलाउनु आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रमको स्वागत भाषण पुलबजार योग साधना केन्द्रका संयोजक रेशमलाल ख्वाखलले गर्नुभएको थियो भने, पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, युवा नेपाल काभ्रेका अध्यक्ष रमेश श्रेष्ठ र बनेपा न.पा. वडा नं. १० का वडा अध्यक्ष एंव पंतजली योग समिति काभ्रेका सल्लाहकार चन्द्र बहादुर खड्काले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व पुलबजार योग साधना केन्द्रका संयोजक रेशमलाल ख्वाखल बादेले गर्नुभएको थियो ।
