IMG-LOGO

बुडोल सामुदायिक साकोसको क्षमता विकास तालिम

 मंगल, भदौ ११, २०८१  ---

 

 

               काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन दिने सुरक्षा सहयोगीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश केसीले उद्घाटन गर्नुभएको तालिममा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरु तथा पर्यवेक्षकको रुपमा सेवाकेन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।

               तालिममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य तथा बागमति प्रदेश संयोजक मोहन थापाले प्रशिक्षण दिनुभएको थियो । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको संयोजक राजु सिग्देल र उपाध्यक्ष रामचन्द महतको समेत उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष कैलाश केसीले सहभागीहरुलाई प्रमाणपत्र वितरण सहित तालिमको समापन गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्