IMG-LOGO

बनेपामा सञ्चालन भयो आदर्श बहुमुखी क्याम्पस

 मंगल, भदौ ११, २०८१  ---

 

               बनेपामा आदर्श बहुमुखी क्याम्पस सञ्चालन भएको छ । विगत २५ वर्ष देखि निरन्तर शिक्षण सेवालाई कार्म थलो बनाई आउनु भएका राम प्रसाद तिमल्सिनाको सक्रियतामा उक्त क्याम्पस सञ्चालनमा आएको हो । विगत २१ वर्ष देखि सञ्चालित आदर्श विद्या मन्दिर विद्यालयको संस्थापक प्रिन्सिपल समेत रहनुभएका तिमल्सिनाले शैक्षिक क्षेत्रका दिग्गज व्यक्तिहरुलाई सम्मिलित गरी टिम वर्कीङको आधारमा क्याम्पस सञ्चालन गर्न लाग्नु भएको सञ्चारकर्मीसँगको अन्तर सम्वादमा बताउनु भएको हो । प्ले ग्रुप देखि माध्यमिक तह सम्म अध्यापन हुने उक्त आदर्श विद्यामन्दिर अब शैक्षिक शत्र ०८१÷०८२ देखि स्नातक सम्मको पढाई हुने भएको छ । २०६६ साल देखि हिमालय प्राईम बहुमुखी क्याम्पस प्रस्ताववित परिवर्तन आदर्श बहुमुखी क्याम्पसको नाम राख्ने सहमती अनुसार शुक्रबार पत्रकार सम्मेलन गरी प्रमुख व्यक्ति ध्ु्रव प्रसाद भट्टराई ले प्रस्तावित क्याम्पसका अध्यक्ष रामकृष्ण आचार्यलाई हक हस्तान्तरण गरेको बताउनुभयो । विगत ७ वर्ष देखि आदर्श स्कुलमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, व्यापार तथा वाणिज्य, कानुन तथा न्याय र कम्प्युटर साइन्सको पढाई हुँदै आएको विद्यालयमा द्यद्यक् ४ वर्षे कोर्षको विद्यार्थीहरुले अध्ययन गर्ने अवसर भएको कुरा संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले सञ्चारकर्मीको बीचमा प्रष्ट पार्नुभयो । द्यद्यक् नेपालका विभिन्न कलेज र विश्व विद्यालयहरुले प्रस्ताव गरेको स्नातक व्यवस्थापन कार्यक्रम हो । नेपालमा उच्च शिक्षाको सुरुवात भएको ८७ वर्ष भइसकेको छ । ९ वटा विश्व विद्यालय र ४ वटा स्वास्थ्य विज्ञान प्रटिष्ठानहरु स्थापना भई कार्यान्वयनमा आइसकेको सवालमा पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । ९६ वटा अंग्रेजी कलेजहरु, १ हजार २ सय ८० सम्बन्धन प्राप्त कलेजहरु, ३ लाख ३८ हजार ४ सय ४५ विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थी संख्याको हिसावले २ लाख ७२ हजार ७ सय ४६ त्रिभुवन विश्वविद्यालयमा २५ हजार ५ सय पूर्वाञ्चल, २५ हजार पोखरा, १५ हजार काठमाण्डौ, २ हजार ३ सय १७ मध्यपश्चिम, सुदुर पश्चिम १ हजार ८ सय, संस्कृत १ हजार ६ सय ९६, कृषि तथा वन विज्ञान विश्व विद्यालय १ हजार ५ सय ८५, लुम्वीनी विश्व विद्यालय  ३ सय पर्छ  । कुल विद्यार्थीको संख्यामा ३५ प्रतिशत विद्यार्थी महिला छन् । ३० हजार विद्यार्थी पढ्नको लागि विदेश गएको ७ अर्ब रकम बाहिर जाने गरेको शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले जनाएको छ । आंगिक क्याम्पस ६०, सम्बन्धन प्राप्त १ हजार ८४ क्याम्पस त्रिविविबाट सम्बन्धन लिई सञ्चालनमा छन् । राजनीतिक संगठन, पार्टीको चरम हस्तक्षेपले त्रिविविको शैक्षिक क्यालेण्डर अनुसार कार्य भएको छैन । कानुन व्यवसायी तिर्थ राज दाहाल, मानव अधिकारकर्मी एवं विद्यालयका शिक्षक भोजराज तिमल्सिना, जिल्लाका क्रियाशिल सञ्चार कर्मीहरुको सहभागीता रहेको थिाये । उक्त आदर्श बहुमुखि क्याम्पस भाद्र १० गते देखि सञ्चालनमा आउने बताइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्