IMG-LOGO

एसियन च्याम्पियनशिपमा किसोर र राजमन्दिरलाई स्वर्ण पदक

 मंगल, भदौ ११, २०८१  ---

 

              भारतको बेङ्गलोर शहरमा सम्पन्न आइ.टी.एफ. तेक्वाण्दो ऐशियन च्याम्पियनशिप प्रतियोगीतामा काभ्रे जिल्लाका खेलडी किसोर बरुण र राजमन्दिर श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन् । प्रतियोगितामा एशियाका ४२ राष्ट्रका १ हजार २ सय राष्ट्रले भाग लिएका थिए । जस अन्तर्गत ४५+ भेट्रान प्याट्रनमा राजमन्दिर श्रेष्ठले स्वर्ण पदक, त्यस्तै गरी ४५+ भेट्रान फाइटमा आइ.टी.एफ. तेक्वाण्डो बागमती प्रदेशका अध्यक्ष समेत रहेका किशिर बरुणले स्वर्ण पदक हाँसिल गरेका छन् । नेपालबाट ७ जनाले भाग लिएकोमा नविन तामाङ दोस्रो भई रजत पदक प्राप्त गरेका छन् । २०८१ भाद्र ४ गते देखि ९ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा आइ.टि.एफ. तेक्वाण्दो केन्द्रीय उपाध्यक्ष समेत रहेका राजमन्दिर श्रेष्ठ र किशोर बरुणले नेपालकै नाम राख्न सफल भएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्