IMG-LOGO

बनेपामा ७ हजार कन्या पुजीए

 मंगल, भदौ ११, २०८१  ---

               काभ्रेमा १ सय २२ वर्ष अघिदेखि शुरु भएको कन्यापूजा हिजो पनि धुमधामका साथ मनाईएको छ । श्रीकृष्ण जन्माष्टमिको अवसरमा गरिएको ‘कन्यापूजा’ अन्तर्गत हिजो सात हजार कन्या पुजिएको सनातन कन्या–पूजा प्रबन्ध समितिले जनाएको छ । बनेपाको पुरानो बजारमा वि.सं. १९५९ देखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गर्दै आइएको कन्यापुजामा बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा लस्करै कन्याहरु बसेका थिए । कन्यापूजामा समितिमार्फत १३५ श्रद्धालुले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्छन् भने पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल दलेर रातो टीका लगाइदिने प्रचलन रहेको कन्या पुजा प्रवन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहि आएको समितिका अध्यक्ष रामगोपाल कायस्थले बताउनुभयो । यो वर्ष पनि काभ्रेको दाप्चा, नाला, पनौती, साँगा, जनागाल, धुलिखेल, दोलालघाट लगायत क्षेत्रमा कन्यापुजा सम्पन्न भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्