IMG-LOGO

ब्लोदान काभ्रेको अध्यक्षमा पुनः गणेश

 मंगल, भदौ ४, २०८१  ---

          यस ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काभ्रे जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशन शनिबार गौतम भिलेज रिसोर्ट, बनेपामा बनेपा न.पा. वडा नं. ८ का वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ब्लोदान काभ्रे शाखाका अध्यक्ष गणेश कुमार रंजितको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ब्लोदान केन्दिय अध्यक्ष सानुबाबु प्रजापति, केन्द्रीय उपाध्यक्षद्वय राजेश श्रेष्ठ, उज्ज्वल के.सी., महासचिव केशव महर्जन, सदस्यहरू शंकर प्रजापति, राधा कुमारी श्रेष्ठ र रोशना राजवंशी, ब्लोदानको भातृ संस्था क्लब २५ नेपालका अध्यक्ष अग्निश रंजित, ब्लोदान काभ्रेका संस्थापक अध्यक्ष धर्मभक्त प्रधान, निवर्तमान अध्यक्ष राजु शाक्य, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । 

          अधिवेशनबाट गणेश कुमार रंजितको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्विरोध रूपमा चयन भएको निर्वाचन आयुक्त रोशना राजवंशीज्युले निर्वाचन परिनाम घोषणा गरि नव निर्वाचित कार्य समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेको थियो । उक्त भेलाले अध्यक्षमा गणेश कुमार रंजित, उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा सुरज पलाञ्चोके, सह–सचिवमा रमेश काजी श्रेष्ठ, सदस्यहरुमा सुदिप श्रेष्ठ, रिकेश कर्माचार्य, मञ्जु शाह ठकुरी र चन्द्र प्रकाश श्रेष्ठ रहनु भएको छ ।

          प्रमुख सल्लाहकारमा धर्मभक्त प्रधान र  विशेष सल्लाहकारमा शुभ लक्ष्मी मानन्धर नियुक्त भएको छ । केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति, राजेश श्रेष्ठ, क्लब २५ नेपालका अध्यक्ष अग्निश रंजित र सभापति गणेश कुमार रंजितले रक्तदान, त्यसको महत्व र निशुल्क रगतको बारे चर्चा गर्नु भएको थियो । प्रमुख अतिथि शुभ लक्ष्मी मानन्धरले बनेपा न.पा. वडा नं. ८ का जनतालाई यहि भाद्र महिना बाट नै वडा कार्यालयबाट निशुल्क रगत उपलब्ध गराउने घोषणा गर्नु भयो । पुनः नव निर्वाचित अध्यक्ष गणेश कुमार रंजितले अब जिल्लाको सबै पालिकामा ब्लोदानको नगर तथा गाउँ  समिति क्रमशः गठन गर्ने घोषणा पनि गर्नु भएको थियो । कार्यक्रम संचालन रमेश श्रेष्ठले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्