काभ्रे जिल्लाको पहिलो संस्थागत विद्यालय सिद्धार्थ एकेडेमी ÷ कलेजले कक्षा १२ मा सफलता हाँसिल गरेका विद्यार्थीहरुलाई आइतबार बधाई तथा शैक्षिक अभिमुखिकरण गरेको छ । शैक्षिक सत्र २०८१ मा सत प्रतिशत नतिजा ल्याउन सफल कक्षा १२ का ५६ जना विद्यार्थीलाई विद्यालयका संस्थापक प्रिन्सिपल तथा कलेजका अध्यक्ष ज्ञान वहादुर केसीले टिका र माला लगाई बधाई दिनुभयो । कक्षा १२ का विद्यार्थीहरुले सतप्रतिशत नतिजा ल्याउन सफल भएको कुरा विद्यालयका प्रिन्सिपल गुञ्ज प्रसाद लुइटेलले बताउनुभयो । कलेज प्रमुख पुकार कर्णजीतले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहयोग पु¥याएको बताउनुभयो । कलेजका सहायक प्रमुख कुमार मानन्धरले विद्यार्थीहरुको शिक्षण सिकाई प्रतिभालाई बुझेर विश्व बजारमा विक्ने शिक्षा प्रदान गरेको बताउनुभयो । २०४० सालमा स्थापना भएको विद्यालयले २०५४ र २०६१ बोर्ड फस्ट, २०६६ सालमा व्याचलर लेवलको द्यद्यक् प्रोग्राम सञ्चालन गरी काभ्रे जिल्लाको शैक्षिक विकासमा मात्र नभई देशको नमुना विद्यालयमा चर्चित रहेको कुरा शिक्षक सन्तोष घिमिरेले विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रममा बताउनु भएको हो । उक्त बधाई कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेको थिए । कार्यक्रमको सञ्चालन सुधिर न्यौपानेले गर्नु भएको थियो ।
