IMG-LOGO

सह योग शिक्षकहरुलाई प्रमाण–पत्र वितरण

 मंगल, भदौ ४, २०८१  ---

          पतंजली योग समिती काभ्रे महिला पतंजलि योग समिती काभ्रे र युवा नेपाल काभ्रेको आयोजनामा बनेपा नगरपालिका वडा नं. ४ स्थित नालामा ७ वटा योग साधना केन्द्रका ९३ जना योग साधक साधिकाहरुले भाग लिएको १५ दिने सह योग योग शिक्षक प्रशिक्षणमा सहभागी भई दिक्षित हुनु भएका शिक्षकहरुलाई समापन कार्यक्रममा प्रमुख अतिथी बनेपा नगरपालिकाका उप प्रमुख बिमला सापकोटा (दाहाल) प्रमाण पत्र वितरण गर्नु भयो । उक्त अवसरमा प्रमुख अतिथी सापकोटाले पतंजलि योग समितीले बनेपा नगरमा साथै काभ्रे जिल्लालाई नै योगमय जिल्ला बनाउने अभियानको प्रशंसा गर्दै सो अभियानलाई आफुले सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख एवं केन्द्रिय सदस्य तथा उक्त प्रशिक्षणका प्रमुख प्रशिक्षक ग्रोवेन तौजलेले स्वस्थ समाजको लागी दैनिक योग साधनाको  अपिहार्य रहेको र योग साधनाले नै समाजमा सकारात्मक सन्देश जाने र समाजमा सक्दो योगदान पू¥याउन अपिल गर्नु भयो । महिला पतंजलि योग समितीका अध्यक्ष इन्दिरा तौजलेले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा बनेपा न. पा. ४ नं वडाका वडाध्यक्ष श्याम शुन्दर श्रेष्ठ, पतंजलि योग समिती बागमती प्रदेशका महामन्त्री सुधाकोलनी, उक्त तालिमका संयोजक एवं युवा नेपाल काभ्रेका अध्यक्ष रमेश श्रेष्ठ, बनेपा न. पा. ३ नं वडाका अध्यक्ष रमेश दाहाल, बनेपा न.पा. वडा नं १० का वडाध्यक्ष चन्द्र बहादुर खड्का लगायत पतंजलि योग समिति काभ्रेका पदाधिकारी उपाध्यक्ष कोहन कृष्ण श्रेष्ठ, निवर्तमान अध्यक्ष हरिशरण श्रेष्ठ, महिला समितीका पूर्व अध्यक्षहरु अन्जना श्रेष्ठ, अनु श्रेष्ठ, बागमती प्रदेशका सदस्य दमन कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पतंजलि योग समिती काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महामन्त्री श्याम कुमार श्रेष्ठले गर्नु भएको थियो । सोही समारोहमा नालामा निर्माण हुने योग भवनको लागि योग साधिका पूनम कर्माचार्यबाट रु १,२५,००० ।– (अक्षरुपी रु एक लाख पच्चिस हजार मात्र) योग साधिका सिता पाण्डेबाट रु १०,५०१ ।– (अक्षरुपी रु दश हजार पाँच सय एक मात्र) र दक्षिणाबाट प्राप्त रु ६,४००।– (अक्षरुपी रु ६ हजार चार सय मात्र) को रकम पनि हस्तान्तरण गरिएको थयो । साथै उक्त कार्यक्रम पश्चात् पतंजलि योग समिती बागमती प्रदेश र पतंजलि योग समिती काभ्रे, महिला समिती काभ्रे र युवा नेपाल काभ्रेको संयुक्त रुपमा सत्संग कार्यक्रम समेत सम्पन्न भएको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्