ध्इःभ्ल् ब्ऋत् को आयोजनामा वागमती प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम वागमती प्रदेशका मुख्यमन्त्री वहादुरसिं लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । वागमती प्रदेश स्तरीय उद्यमी महिलाहरुको सामुदायिक सञ्जाल गठन तथा प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले महिलाहरु आर्थिक रुपम सक्षम भए समाजमा हुने विभेद कम हुने बताउनु भयो । महिला हिंसा बढ्नुको कारण आर्थिक पाटो रहेको लामाको भनाई छ ।
म्हिला उद्यमीहरुका समस्या समाधान गर्दै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनका लागि हेटौडामा बागमती प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको ध्यmभल ब्अत कार्यकारी अध्यक्ष सृजाना अधिकारीले बताउनुभयो । ध्यmभल ब्अत ले मधेश, बागमती, गण्डकी, लुम्बीनी र सुदुर पश्चिम प्रदेश र ती प्रदेशहरुका २५ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । बागमती प्रदेश अन्तर्गत काभ्रेको बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, हेटौडा उप–महानगरपालिका, कैलाश गाउँपालिकाका ६० जना महिला उद्यमीले आफुले भोगेका समस्याको बारेमा कार्यक्रममा बताएका थिए ।
अभिमुखिकरण कार्यक्रम साथै प्रदेश स्तरीय सञ्जाल गठन गरिएको छ । प्रदेश स्तरीय संयोजक राधिका चौलागाई, उप–संयोजक लक्ष्मी अरुढ, सचिव सुमिका पाण्डे र सदस्यहरुमा समिता स्पाउला, सिता दोढी दनुवार साथै मधेश प्रदेश स्तरीय कार्यक्रममा जनकपुर उप–महानगरपालिका अन्तर्गत प्रदेश स्तरीय समिति गठन गरिएको छ । ३ सय रहेको सञ्जालमा संयोजकमा अम्बिका अधिकारी, उप संयोजकमा रिता दोढि महतो, सचिवमा नगिना यादव रहनु भएको छ ।
