IMG-LOGO

बालबालिकाको प्रतिभा प्रष्फुटन गराउन कोडिङ प्रतियोगिता हुने

 मंगल, भदौ ४, २०८१  ---

          काठमाडौं । बालबालिकाको प्रतिभा प्रष्फुटन गराउनका लागि  राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता हुने भएको छ । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा भदौ २१ गते कोडिङ प्रतियोगिता हुन लागेको दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले बताए ।

          उनका अनुसार उक्त कम्पिटिशनमा कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीहरू सहभागी हुन सक्नेमछन् । कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ । विद्यार्थीहरूले यो लिंकमा गएर रजिष्ट्रेशन गर्न सक्नेछछन् ।

          त्यस्तै सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई)का अध्यक्ष प्रा.डा. सुवर्ण शाक्यले यस प्रतिस्पर्धाले बालबालिकालाई कोडिङ सीपमार्फत समस्या समाधान गर्न प्रेरित गर्ने बताए । उनले भने, ‘कोडिङको यो प्रतियोगीताले बालबालिकालाई सीप र क्षमताको विकास हुनुका साथै समस्याहरू कसरी समाधान गर्ने भनेर प्रेरित गर्छ। यसकारण कोडिङ प्रतियोगीता गर्नु आवश्यिक छ ।‘

          यस्तै नेपाल प्रहरीका पूर्व डीआईजी एव एनपीसर्टका सल्लाहकार डाक्टर राजीव सुब्बाले प्राविधिक सीपले मात्र विद्यार्थीलाई सशक्त बनाउने बताउँदै यस्ता प्रतिस्पर्धाले युवाहरूको सोच र व्यवहारलाई पनि आकार दिने बताए । ‘प्राविधिक सीप अहिलेको आवश्यकता छ युवाहरूमा, ‘उनले भने, ‘यसले युवाहरूको सोच र व्यवहारलाई पनि आकार दिन धेरै सहयोग गर्छ ।’

          यस्तै विश्वस्तरीय कोडिङ प्रतियोगिताले नेपाली विद्यार्थी, प्रविधिसँग नजिक्याउने मात्रै नभइ डिजिटल विश्वमा प्रतिस्पर्धी बनाउने सघाउ पुर्याइउने वनकभर प्राइभेट लिमिटेडका कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीको भनाइ छ । उनले भने, ‘प्रतियोगिताले नेपाली विद्यार्थी, प्रविधिसँग नजिक्याउक्छ । साथै डिजिटल विश्वमा प्रतिस्पर्धी बनाउने सघाउ पुर्याउउँछ ।’

          नेपाल टेक ब्लगर एसोसिएसनका संस्थापक  रितेश घिमिरेले बाल कोडिङ प्रतियोगिताले प्राविधिक सीपलाई फस्टाउने र युवा मनलाई आईटी उद्योगका लागि तयार बनाउने बताए । टेक आन्टरप्रेनियर्स एसोसिएसन अफ नेपालका संस्थापक निर्देशक पदमराज पन्तले कोडिङ प्रतियोगिताले बचपनदेखि नै उद्यमी सोच विकास गर्ने बताउँदै यसबाट भविष्यका नवप्रवर्तकहरूको बाटो खोल्ने बताए ।

          रोटरी क्लब अफ यलका सेवा निर्देशक डा. दिनेशलाल श्रेष्ठले यसले युवाहरुको सीप उजागर गरी प्रतिभालाई प्रष्फुटन गराउने बताए । ‘यस्तो प्रतियोगिताले नेपाली युवा विद्यार्थीलाई २१ औँ शताब्दीको सीप उजागर गर्न र आफ्नो लुकेको प्रतिभा लाई बाहिर ल्याउने अवसर प्रदान गर्दछ’, उनले भने ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्