बनेपा, शिर मेमोरियल अस्प्ताल मेडिकल इन्ष्टिच्यूट कलेज अफ नर्सिङ्ग बनेपाले लभ एण्ड शेयरीङ कार्यक्रम सम्पन्न गरेको छ । निष्ट कलेजमा अध्यनरत १०+२ का विद्यार्थीलाई नर्सिङ्ग कलेजका शिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो । केहि ग¥यो भने नेपाल मै सम्भव छ स्रोत साधनको उचित प्रयोग गरी समुदायको वृहत हितमा कार्य गरेको खण्डमा नेपलमै सुनौलो भविष्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरण शीर मेमोरियल अस्पतालले ग्रामीण दुरदराजका नागरिकहरुलाई सर्वशुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सकेको कुरा अस्प्तालका प्रम्ुख कार्यकारी निर्देशक डाक्टर हेक्टर जी गायरस जीआर ९म्च। ज्भअतयच न्बथबचभक व्च० ले उल्लेख गर्नुभयो । बनेपा वडा नं. ९ का सदस्य गणेश सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निष्ट कलेज बनेपाका प्रिन्सिपल दिपक भट्ट, अस्पतालका एकेडेमीक डाइरेक्टर डाक्टर ताराजंग गुरुङ, निष्ट कलेजका ऐकेडेमिक डाइरेक्टर राष्ट्र भुषण खड्का, नर्सिङ्ग कलेजको भाइस प्रिन्सिपल प्रतिमा मानन्धर, मेडिकल अफिसर डाक्टर खुस्बु महेस्था, स्कुल हेल्थ नर्सिङ्गका डाक्टर अभिशेक थापामगर, मञ्जु तिमल्सिना, पास्टर एम पुरी, रेडियो एवीसीका अध्यक्ष रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । नर्सिङ कलेजको प्रिन्सिपल निर्मला मानन्धरले स्वागत गर्नु भएको थियो । एकेडेमीक डाइरेक्टर डा. ताराजङ्ग गुरुङले विद्यार्थीहरुमा जागरण ल्याउन, समुदायप्रति उत्तरदायी बन्न प्रेमको भावना जगाउन र समुदायको हितलाई ध्यान दिई स्रोत साधनको अधिक प्रयोग गर्दै काभ्रेमा सञ्चालित शैक्षिक संस्थामा लभ एण्ड शेयरिङको कार्यक्रम वर्षमा २ पटक गर्दै आएको बताउनुभयो । कार्यक्रमको सञ्चालन प्रशिक्षक दिव्यश्वरी लाखेले गर्नुभएको थियो ।
