सामाजिक जागरण मन्च धुलिखेल नगरपालिका –४ ले आयोजना गरेको हिजो, आज र भोलिको धुलिखेल शिर्षकको निबन्ध प्रतियोगिता २०८१ को पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि कवि अर्जुन प्रसाद पराजुली हुनुहुन्थ्यो । सम्बोधनको क्रममा कवि पराजुलीले देश भ्रष्टाचारमा चुरलुम्म डुबेको बताउँदै लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि नागरिकहरुलाई समृद्धिको बाटोमा लाग्नुको साटो हिजोकै सामन्ति राजतन्त्रको मार्गमा हिडेकोले खबरदारी गर्नु परेको उल्लेख गर्नुभयो । कवि पराजुलीले देश नेपाल पहिल्यै बनेको छ, नेता हो देश अब नविगारी देउन भ्रष्टाचार नगरी देउन देश आफैँ बन्छ भनेर व्याङ्गय गर्दै भ्रष्टाचार विरुद्धमा एक मुठी सास छउन्जेल निडरका साथ आफू लाग्ने बताउनुभयो । निवन्ध प्रतियोगिता आयोजना गर्ने संस्था र विजयी प्रतियोगीलाई बधाई दिदैँ समाज रुपान्तरणमा आफूले सकेको गर्न सुझाव दिनुभयो । विश्वको ६ अर्ब जनसंख्यामा आफू एक्लै भए पनि भ्रष्टाचारको विरुद्ध उभिने उद्घोष कवि पराजुलीले गर्नुभयो । प्रा.डा कुल प्रसाद कोइरालाको संयोजकत्वमा डा. शशि थापा र हरि मञ्जुश्रीको सदस्य रहेको निर्णायक समितिले प्रतियोगिता सहभागी भई विजयीहरुको नाम सवार्जनिक गरेको थियो । बरिष्ठ साहित्यकार मोहन दुवाल, धुलिखेल नगरपालिकाको नगर उपप्रमुख निराजन जंगम र स्थानीयहरुको कार्यक्रममा सहभागीता रहेको थियो । सस्थाको अध्यक्ष पृथ्वी बहादुर थापाको सभापतित्वमा सम्पन्न भयो । ३० जनाले प्रतियोगितामा भाग लिएका थिए । जस मध्ये ५जना उत्कृष्टमा छ्नौट भएका छन् । अनुपा सापकोटा प्रथम (रु ५१,०००), चाँदनी पराजुली दुतीय (रु ३५,०००), आर. सी. भट्टराई तृतीय (रु २१०००), रेखा भण्डारी र संरचना दाहालले सान्तोना पुरस्कार हात पार्न सफल हुनु भएको छ । कार्यक्रमको सञ्चालन कृष्ण थापाले गर्नु भएको थियो । उक्त छनौट भएका निबन्धमा धुलिखेल नगरको विकासको परिस्थिति इतिहास, हालको विकासको चित्रण र धुलिखेलको विकास र सम्बृद्धिको खाका कोरिएको थियो ।
