बनेपा नगरपालिका वडा नं ३ टुसालमा रहेको देवी चामुण्डा माईको उद्गम स्थलमा पुजाअर्चना तथा चौथो बार्षिक उत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक उत्सवमा बागमती प्रदेश कृषि तथा पशुपंछि पुर्व मन्त्री बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति उपप्रमुख रिम बहादुर तामाङ, बनेपा वडा नं ३ का वडाध्यक्ष रमेश दाहाल लगायत स्थानीय व्यत्तित्वहरुको उपस्थिति रहेको थियो । परापुर्ब कालदेखि चामुण्डा देविलाई पुजा आराधना गरि आएको बनेपा नगरपालिका वडा नं ३ टुसालको ठुलोबनमा चामुण्डा देविको पुरातात्विक मन्दिर रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उदय केसिले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन समितिका सचिव रविन श्रेष्ठले गर्नुभएको थियो ।
