बागमती प्रदेश नेवार समुदायले मनाउने गाईजात्रा पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकार मन्त्री परिषदको गत श्रावण ३२ गते बसेको बैठकले आज मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको कुरा आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडाका सूचना अधिकारी रबिता कार्कीले बताउनुभयो । नेवार समुदायले ऐतिहासिक तथा धार्मिक रुपमा मनाईने गाइजात्रा पर्वमा प्रदेश भरीका १३ जिल्लामा सार्वजनिक विदा दिइएको हो ।
