IMG-LOGO

विपी डब्लु र नारी शक्ति समुहको जनचेतना मुलक कार्यक्रम

 मंगल, सावन २९, २०८१  ---

 

         स्वस्थ खानपान सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । विजनेश एण्ड प्रोफेशनल वीमेन बनेपा र नारी शक्ति समुहद्धारा आयोजीत उक्त कार्यक्रमको व्यवस्थापन बनेपा नगरपालिका वडा नं. १४ कार्यालयले गरेको आयोजक संस्थाले जनाएको छ । बनेपा नगरपालिका वडा नं. १४ का कार्यवहाक अध्यक्ष कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व विपी डब्लु बनेपा काभ्रेको अध्यक्ष इश्वरी बादे श्रेष्ठले सभापतित्व गर्नु भएको थियो । विपी डब्लुको उपाध्यक्ष सरिता पलाञ्चोकेले स्वागत मन्तव्य दिनु भएको जनचेतना मुलक कार्यक्रममा वडा सदस्यद्धय उत्तम केसी, वडा सदस्य माया विक र नारी शक्ति समुहका अध्यक्ष रमिला श्रेष्ठको आतिथ्यता रहेको थियो । स्वस्थ खानपान रहन सहनको बारेमा प्रशिक्षकद्धय डाइटिसियन ९म्भ्० कामना न्यौपाने र नविना फैंजु लगायतले प्रशिक्षण दिनु भएको थियो । नारी शक्ति बनेपाको उपाध्यक्ष सानु पलाञ्चोके समेत बोल्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्