IMG-LOGO

ज्ञानकुञ्जन स्कुलको स्वागत तथा बिदाई

 मंगल, सावन २९, २०८१  ---

          काभ्रे, बनेपा । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले शनिबार कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

          विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापको आवश्यक भएको महशुस गरि सो कार्यक्रम आयोजना गरिएको हो । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्नुभएको थियो । अपौचारिक पहिलो चरणमा स्वागत तथा बिदाई कार्यक्रममा सञ्चालक आत्माराम थापाको समेत उपस्थिति रहेको थियो ।

          प्रतिष्ठानका प्रबन्ध निर्देशक बैद्यले कक्षा १२ को परीक्षा उत्तिर्ण भाइबहिनीहरुलाई बिदाईका साथै उज्वल भविष्यको शुभकामना दिनुभएको थियो । कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्नु भएको थियो ।

          कार्यक्रमको समापन, विद्यालयका सहायक कलेज प्रमुखले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक, सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै लग्नुपर्ने धारणा राख्नु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्