IMG-LOGO

हेल्थ केयरको स्थापना दिवसमा निःशूल्क स्वास्थ्य शिविर

 मंगल, सावन २९, २०८१  --

         बनेपामा गुणस्तरिय स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयर ७ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । एक दिने शिविरमा निःशुल्क सुगर तथा युरिक एसिडको जाँच, चिकित्सकको सिफारिसमा निशुल्क एक्सरे,हाड जोर्नी तथा नशा रोग ,छाला तथा सौन्दर्य, प्रसुति तथा स्त्री रोग को सेवा प्रदान गरिनुका साथै फिजियो थेरापीमा २० प्रतिशत सम्म छुट र औषधि तथा अन्य ल्याव परिक्षणहरुमा विशेष छुटको व्यवस्था गरिएको थियो । उक्त अवसरमा उत्कृष्ट कर्मचारी स्वश्छता व्यवस्थापक सिता कुमारी दुलाललाई ट्रफि प्रमाणपत्र सँगै नगद ५ हजार सहित सम्मान गरिएको थियो । १ सय ५५ जना नागरिकले निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिएको बनेपा हेल्थ केयरका प्रवन्ध निर्देशक शिव पौडेलले जानकारी दिनुभयो । बिरामीहरुको विश्वास अनी भरोसा जित्न सफल  बनेपा हेल्थ केयर काभ्रे जिल्लाकै उत्कृष्ट निजि स्वास्थ्य संस्था बन्न सफल भएको बताइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्