विद्युत पोलमा राखेको नेटको तार चोरी गर्ने दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ । बनेपा वडा नं. १ बनेपा नाला सडक खण्डमा आवत जावत गर्ने सवारी साधनमा चेक जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय बनेपाले निजलाई प्रक्राउ गरेको हो । बा.२७ प २३३९ नम्बरको होण्डा मोटर साइकल चेक जाँच गर्ने क्रममा इन्टर नेट जडान गर्ने ६० मिटर तार चोरी गरी ल्याएको खुल्न आएकोले दुई जनालाई पक्राउ गरी चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेमा ५ दिनको लागि म्याद थप गरी अनुशन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ । बनेपा वडा नं. ४ बस्ने २५ वर्षीय दिलीप भण्डारी, बनेपा वडा नं १ स्थायी घर भई हाल बनेपा वडा नं. ८ बस्ने ३१ वर्षीय सन्तोष थापाले यस अघि पनि तारहरु चोरी गरी विक्रि गर्दै आएको खुल्न आएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
