बेलर इन्टरनेशनल एकेडेमी बनेपाले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत र कक्षा १२ उर्तिण विद्यार्थीहरुलाई विदाई गरेको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रा.डा भोला थापाले नेपालमा प्रविधिको विकास, सिप सहितको शिक्षा ग्रहण गर्ने शैक्षिक वातावरण भएकाले विद्यार्थीहरु ठूलो धनराशी सर्च गरेर विदेश दौडनु नपर्ने तर्क गर्नु भयो । काठमाण्डौ विश्व विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा शिक्षासेवी माधव अधिकारीले विद्यार्थीहरु नैतिक, व्यवहारिक र समाजलाई रुपान्तरण गरी देशको मुहार फेर्ने शिक्षा प्रदान गर्न राज्य र समुदाय लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले मन्तव्य राख्नु भएको थियो । विद्यालयका प्रिन्सिपल इन्दु थापाले बालबालिकाहरुलाई जीवन उपयोगी शिक्षा बेलर स्कूलले प्रदान गरेको बताउनुभयो । अध्यक्ष भोला थापाले बेलर स्कुलले बालबालिकाहरुको सृजनशिलता विकासका लागि निरन्तर स्तरीय शिक्षा प्रदान गरेको बताउनुभयो ।
बालबालिकाहरुलाई उन्नत शैक्षिक वातावरणमा शिक्षा प्रदान गर्न बेलर एकेडेमी निरन्तर सक्रिय रहेको अध्यक्ष थापाले बताए । कार्यक्रममा नेपाली सेना २६ नम्वर बाहिनीका बाहिनीपति अशोक गुरुङ, नेपाली सेना कालीजंग गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, विद्यालयका विभिन्न विभागका प्रमुखहरु, क्याम्पस तथा विभिन्न क्षेत्रका ब्यक्तिहरु, लेखापरिक्षक झलकमणी लम्साल, विद्यार्थी इच्छा लामा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बेलरमा उत्कृष्ट १० विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई स्वागत र विदाईको अवसरमा सांस्कृतिक कार्यक्रम सहित मनोरञ्जन प्रदान गरेका थिए ।बेलरमा कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायमा करिव ६ सय ५० विद्यार्थी भर्ना भएका छन् भने कक्षा १२ मा समेत गरी करिव १ हजार ५० विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । होटल म्यानेजमेन्ट, कम्प्युटर साईन्स, विजनेस स्टडी लगायतका विषयहरुका अलावा काठमाडौ विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु पनि बेलर स्कुलले संचालन गर्दै आएको कुरा अध्यक्ष थापाले जनाउनुभयो ।
