IMG-LOGO

भ्रष्टाचारमा दोषी सहसचिव शर्माद्धारा आत्मसमर्पण

 मंगल, सावन २९, २०८१  ---

 

          गत बुधबार सहसचिव चुडामणी शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शर्मा आफै कारागारमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन । विशेष अदालतले ५ असार २०८० मा कर फस्र्याैट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा दोषी ठहर गरेको थियो । कर फस्र्यौटमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै ९ वर्षका दरले कैद सजाय हुने र ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै त्यसलाई तीन जना आरोपीबाट बिगो भराउने आदेश गरेको थियो । उनले विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी सर्वोच्च अदालतमा पुनरावेदन पनि गरिसकेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्