पेरिस ओलम्पिक २०२४ मा चीनलाई पछि पार्दै अमेरिका पहिलो हुन सफल भएको छ । २०६ राष्ट्र सहभागी भएकोमा अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जितेको थियो । यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्य सहित ९१ पदक जितेर दोस्रो भयो । एसियाली राष्ट्र जापानले २० स्वर्ण १२ रजत र १३ कांस्य सहित ४५ पदक जितेर तेस्रो तथा १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर अस्ट्रेलिया चौथो भएको छ । यसैगरी आयोजक फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्दै पाँचौँ विजेता राष्ट्र बनेको छ ।
