IMG-LOGO

आचार्य श्री बालकृष्णको शुभ जन्मोत्सवमा वृक्षारोपण

 मंगल, सावन २२, २०८१  ---

         पंतजलि योग समिति काभ्रेले आचार्य श्री बालकृष्ण महाराजको शभ जन्मोत्सव तथा जडिबुटी दिवसको उपलक्ष्यमा बनेपा नगरपालिका स्थित वडा नं. ४ को नालामा बृहत रुपमा बृक्षारोपण गरी मनाईएको छ । सो अवसरमा आचार्य श्री को सु–स्वास्थ तथा दिर्घायुको कामना सहित पंतजलि योग समिति बाग्मती प्रदेश प्रमुख तथा केन्द्रिय सदस्य ग्रुविन तौजलेको प्रमुख आतिथ्यतामा भएको उक्त बृक्षारोपण कार्यक्रममा स्थानिय वडा अध्यक्षहरु, पंतजलि योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, जिल्ला पदाधिकारीहरु नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, महिला पूर्व अध्यक्ष अञ्जना श्रेष्ठ, महिला नि.व. अध्यक्ष अनु श्रेष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, महिला उपाध्यक्ष कमला राजभण्डारी, महामन्त्री द्धवय श्याम कुमार श्रेष्ठ, कोषाध्यक्ष द्धवय कान्छा कुमार श्रेष्ठ , पूण्य बैद्य, मन्त्री माधव श्रेष्ठ लगायत कार्य समितिका सदस्यहरु र स्थानिय जनमानसका साथै योग साधक साधिकाहरुले आचार्य श्री बालकृष्णको तस्विरमा पुष्प गुच्छा, भेटी चढाई बृक्षारोपण गरिएको र श्रावण १४ गतेदेखि २० गते सम्म सात दिने गायत्री महामन्त्र जप गरिएको थियो । सो अवधिभर चार लाख सत्ताईस हजार सात सय एकसठ्ठी  पटक जिल्ला भरिमा महामन्त्र जप गरिएको संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।

          सोहि उपलक्ष्यमा सोग साधक साधिकाहरुबाट संकलन भएको खाद्य सामाग्रिहरु, फलफुल, विस्कुट, चामल, तेल लगायतका सामाग्रीहरु मानव कल्याण समाज सेवा घरमा बाल बालिकाहरुलाई वितरण गरिएको थियो । सो कार्यक्रममा पंतजलि योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ र सल्लाहकार सरिता शाक्य लगायत जिल्ला पदाधिकारीहरु र महिला पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

यसै विच पंतजलि योग समिति काभ्रेको आयोजनामा बनेपा नगरको ४ नं. वडा स्थित नालाको माँ उग्रचण्डी बैनक्युट पार्टी प्यालेसमा सह योग शिक्षक प्रशिक्षणको उद्घाटन पंतजलि योग समिति बाग्मती प्रदेश प्रमुख एंव केन्द्रिय सदस्य ग्रुवेन तौजलेले पानसमा द्धिप प्रज्वलित गरी समुद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि तौजलेले काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन लागि परेको बताउनु भयो ।

          सो समारोहमा स्वागत मन्तव्य महिला पंतजलि योग समितिका अध्यक्ष ईन्दिरा तौजलेले गर्नुभएको थियो भने, कार्यक्रममा जिल्लाका पदाधिकारीहरु, पूर्व अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, महामन्त्री श्यामकुमार श्रेष्ठ, संगठन मन्त्रि कान्छाकुमार श्रेष्ठ, बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य लगायत नाला भेगका ७ वटा योग सेन्टरका पदाधिकारीहरु र स्थानिय गन्य मान्यहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व पंतजलि योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पंतजलि युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले गर्नुभएको उक्त प्रशिक्षण १५ दिन सम्म संचालन हुने र सो प्रशिक्षणमा ९४ जना सहभागी रहेको जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्