IMG-LOGO

उद्यमी व्यवसायी बनाउन सामुहिक छलफल

 मंगल, सावन २२, २०८१  ---

          उद्यमी महिलाहरुको सामुदायिक सञ्जाल (ऋयउ).निर्माण सम्बन्धमा बैठक तथा छलफल कार्यक्रम बनेपा न.पा. वडा नं. ८ की वडा अध्यक्ष  शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । महिलाहरुले सञ्चालन गर्र्दै आएको सला.उद्योगहरुलाई व्यवस्थित र व्यवसायिक रुप्मा प्रवद्र्धन गर्ने उद्देश्यले विगत लामो समय देखि ध्यmभल ब्अत ले देशका विभिन्न नगरपालिकामा यस्ता कार्यक्रम गर्दै आएको छ । काभ्रेका बनेपा, पनौती र पाँचखालमा कार्यक्रम सञ्चालन भएको छ । साथमा महिला उद्यमिलाई प्रेरणा दिन सामाजिक सञ्जाल ९त्।ख्, च्बमष्य० पत्रिका इलष्लिभ जस्ता सञ्चार माध्यममा शिर्ष स्थानमा उद्यमि महिलाहरुका समाचार प्रकाशन गर्नुपर्ने आवश्यकता महसुस गरि महिला पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम पनि सञ्चालन गरेको छ ।

          मकै पोल्ने, चटपटे बेच्ने, कृषिमा काम गरिरहेका साना मानिने व्यवसायलाई प्रेरणा, हौसला, उर्जा र आवश्यकता अनुसार बिउ पूँजी पनि प्रदान गरी दर्ता गराई व्यवसायिक रुपमा आधिकारीकता प्रदान गरी महिलाहरुको आर्थिक उन्नतिमा टेवा पु¥याउने उद्देश्य अनुरुप विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । विमला श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा अतिथिको रुपमा महिला उद्यमी मञ्चको अध्यक्ष विष्णुमाया धोजु, पुण्यमति महिला सहकारीकी अध्यक्ष मञ्चु आचार्य, हाम्रो सरोकारका अध्यक्ष सम्झना खतिवडा, महिला पत्रकार, अन्य संस्थाका प्रतिनिधिहरु र बनेपा नगरपालिा भित्रका विभिन्न वडाका ३० जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्