IMG-LOGO

पाँचखाल ९ र ११ का किसानलार्ई हाते ट्याक्टर

 मंगल, जेठ ४, २०७८  ----


    पाँचखाल नगरपालिकाको ९ नम्बर र ११ नम्बर वडा कार्यालयले किसानलार्ई हाते ट्याक्टर वितरण गरेको छ  । किसानको ५० प्रतिशत र वडा कार्यालयको ५० प्रतिशत लगानी खरिद गरिएको ट्याक्टर किसानहरुलार्ई वितरण गरिएको हो  । वडा नम्बर  ११ को वडा कार्यालयमा भएको कार्यक्रममा नगरप्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, वडा अध्यक्ष शिवशरण लामा, वडा सदस्य हिराकाजी लामाले स्थानीय किसानलार्ई ३५ थान हाते ट्याक्टर वितरण गरिएको छ  ।  
    त्यस्तै वडा नं ९ मा भएको कार्यक्रममा वडाध्यक्ष किरण श्रेष्ठले २५ थान हाते ट्याक्टर किसानहरुलार्ई हस्तान्तरण गरेका छन्  । वडा नम्बर ९ मा हाते ट्याक्टर चौथो चरणमा वितरण भएको छ  ।
    कृषिमा आधुनिकीकरण तथा यान्त्रिककरण गरी कम लगानीमा बढी आम्दानी लिन सकियोस् भन्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए  । उपप्रमुख लक्ष्मी दुनुवारले कम लगानी, समयको बचतका साथै थोरै समयमा धेरै काम गर्न सकिने भएकोले हाते ट्याक्टर वितरण गरेको बताईन  ।
    वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले वडाले ‘एक घर, एक ट्याक्टर’ अभियान चलार्ईरहेको र यस अघि पनि वडाका ८१ वटा समुहले ट्याक्टर पाईसकेको जानकारी दिए  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्