काभ्रेको बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले २०८० सालको एस.ई.ई. परीक्षामा सामेल भई उत्र्तीण हुने आफ्ना बाल बचतकर्ता सदस्यहरुलाई सम्मान गरेको छ । शनिबार बनेपाको चेतना केन्द्रमा आयोजित एक कार्यक्रममा १२३ जना बाल बचतकर्ताहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला प्रथम भएकी छात्रा स्मृति श्रेष्ठ, संस्थाका बाल बचतकर्ताहरुमध्ये उत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रा सुस्मिता कुमारी शाही ठकुरी र उत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्र प्रज्ञान खड्कालाई खादा, मायाको चिनो, टेबल बत्ती, प्रसंशा पत्र र नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा यस वर्ष एस.ई.ई. उत्र्तीण भएका १२३ जना विद्यार्थीहरुलाई खादा, मायाको चिनो, टेबल बत्ती र प्रसंशा पत्रले सम्मान गरेको थियो । एस.ई.ई. उत्र्तीण हुनुहुने १५० जना बालबचतकर्ताहरुले संस्थामा नाम दर्ता गराएको संस्थाले जनाएको छ ।
संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलको सभापतित्व र संस्थाका अध्यक्ष कैलाश के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संचालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य भवानी के.सी.ले गर्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा प्रकाशन उपसमिति सदस्य गंगादेवी लुईटेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अतिथिहरु प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पूर्णबहादुर कार्की, सहकारी अभियान्ता रामहरि के.सी., कान्छीमाया तामाङ फाउण्डेशन मार्फत सामाजिक क्रियाकलापमा सक्रिय डा. दिलबहादुर तामाङ, जिल्ला बचत संघ, काभ्रेकी उपाध्यक्ष निर्मला श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।
