बनेपा, बादे खलः बिकास समिति बनेपा काभ्रेको १२ औँ सभा बादे बगैँचा चौतारीमा शनिबार सम्पन्न भयो । समितिका अध्यक्ष लक्ष्मी नरसिंह बादेको सभापतित्व, बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सदस्य उदय नरसिंह बादेले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा रेडियो एविसीका अभ्यक्ष रमेश प्रसाद न्यौपानेले शुभकामना मन्तव्य दिनुभयो । संस्थाकी सचिव माया बादेले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष धनवहादुर बादेले आ.व ०८०÷०८१ को आयव्याय विवरण प्रस्तुत गर्नु भयो । संस्थाका सदस्य अजय बादेले नेवारी समुदायको आफ्नो संस्कार संस्कृति, भाषालाई जगेर्ना गरी थप संगठीत हुनु पर्र्ने बताउनुभयो । बागमती प्रदेश सांसद एवं पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले बादे खालः समितिले सामाजिक क्रियाकलाप, विकास निर्माण लगायतका कार्य गर्दै आएकोमा आगमी दिनमा थप प्रभावकारी कार्य गर्नु पर्ने सुझाव दिनुभयो । बादेहरुको गुठीको जग्गा रहेको बनेपा वडा नं. ९ को ४ रोपनी जग्गा क्षेत्र भित्र बागमती प्रदेश सरकारको १ करोड लागतमा स्वर्गीय गोपालदाश बादे प्रतिस्ठानको नाममा नेवारी समुदाय संस्कृति झल्कने परम्परागत शैलीको भवन बनाउने कुरा बागमती प्रदेश सांंसद कञ्चनचन्द्र बादेले बताउनुभयो । करुणा मार्ग टोल सुधार समितिका अध्यक्ष रेशम बहादुर बादेले शुभकामना मन्तव्य राख्नु भएको थियो । समितिलाई सहयोग गर्नु हुने विश्वचन्द्र बादे, पृथ्वीमान बादे युगेश भक्त बादे, किसोर चन्द्र वादे, सिद्धिभक्त बादे लगायत ५ जनालाई सम्मान गरेको छ । त्यसैगरी नारायण भजन किर्तन गर्ने सिद्धिभक्त बादेलाई प्रसंसापत्र प्रदान गरेको छ ।
