पनौती नगरपालिका वडा नं ५ धनेश्वरमा रहेको शेषरमण न्यौपानेको घर कोठामा डेरा कोठा भाडामा लिई बस्ने पाँचखाल न.पा. वडा नं ६ घर भएको वर्ष ३० को सुजन श्रेष्ठको कोठामा गई खानतलासी गर्दा निजले इलष्लिभ ऋबकष्लय खेलाइराखेको अवस्थामा फेला पारी निजले कसूर गर्न प्रयोग गरेको तीन थान मोवाइल रीत पुर्वक बरामद गरी निज कसूरदारलाई पक्राउ गरी जि.प्र.का काभ्रेमा ल्याएको प्रहरीले जनाएको छ । निजले म्यासेन्जर बाट विदेशमा भएका नागरिकहरुलाई मेसेज गरी गेम खेल्ने नखेल्ने सोध्ने गरेको, खेल्न ईच्छुक भएमा निजहरुको एकाउन्ट बनाइदिने, एकाउन्ट बनेपछी क्यास ट्याग (त्तच् अयमभ) पठाउने र सोहि बाट क्यास एपमा पैसा जम्मा हुने, प्लेयरहरुले क्यास एपमा पठाएको पैसालाई क्यासिनो सम्बन्धी बिभिन्न गेमको बउउ हरुमा अयष्ल राखिदिने, क्यास एप भाडामा दिएर पर्सेन्ट लिने गरेको कुरा वयानका क्रममा सुजनले प्रहरीलाई बताएको छ । निज सुजन श्रेष्ठले ःष्पिष् धबथ, ाष्चभ पचष्ल, वगधब, खभनबक कधभभउक, नबmभ खबगति, यचष्यल जस्ता एपहरुबाट जुवा खेलाउने गरेको । निजलाई जुवा तथा सट्टाबाजी सम्बन्धी कसूरमा छ दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
