IMG-LOGO

नेपाल पोलिस स्कुलको राष्ट्रिय व्यापी व्याडमिन्टेन प्रतियोगीता

 मंगल, सावन २२, २०८१  ---

          विद्यार्थी जीवनमा शिक्षा लगायत खेलकुदको पनि महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने उद्देश्य अनुरूप नेपाल पुसिल स्कूल साँगाको आयोजनामा शुक्रबार देखी सञ्चालन भएको क्ष्लतभच क्अजयय िद्यबमmष्लतयल ऋयmउभतष्तष्यल आइतबार समापन भएको छ । ७ वटा इभेन्टमा खेलाईएको ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत यु १३ छात्रामा मैत्रिय पाठशालाका निभा राई, छात्र तर्फ लिटिल मुन स्कूलका सन्दिप राई, यु ११ छात्रामा लालिगुरास बाटिका स्कूलकी आश्रुती कार्की, छात्र तर्फ ह्वाइट माउण्टेन्ट स्कूलका आदित्य थारु प्रथम हुन सफल भए । त्यसैगरी टिचर डबल्स तर्फ मोर्डन इण्डिएन स्कूलका दिप्रिस मुनी बज्राचार्य र नरेश रावल, यु १६ छात्रामा बाल दिक्षा सदनकी टिसा रानी शाक्य र छात्र तर्फ बाल दिक्षा सदनकै सौर्य महर्जन प्रथम हुन सफल भएका थिए । समारोहमा प्रमुख अतिथी नेपाल प्रहरी स्कुल,साँगाका व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, बिशेष अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष उदय श्रेष्ठ, नेपाल प्रहरी प्रदेस कार्यालय बागमती, काभ्रेपलाञ्चोकका प्रहरी बरीष्ठ उपरीक्षक प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू एंव बनेपा नगरपालिका वडा नं.१३ र १४ का वडा अध्यक्ष रामलाल दुवाल र टुल्कु लामा, विद्यालयका प्राचार्य मोहन पौडेल, लगायतको उपस्थिति रहेको थियो । उक्त खेलमा बिजयी भएका विद्यार्थी, शिक्षक, साथै रेफ्री, प्राविधिक टोलीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि राईले विद्यालय परिवारलाई धन्यवाद दिदै वि. सं २०४० सालमा मा स्थापना भई बिद्यालयले निरन्तर रुपमा आफ्नो प्रगतिको पाइला चाल्दै किताबी कोरा ज्ञानमा मात्रै सीमित नभएर अतिरिक्त र सहशिक्षात्मक क्रियाकलापहरूलाई नियमित रुपमा सञ्चालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गराउन प्रहरी विद्यालय लागिरहेकोमा खुशि व्यक्त गर्नुभयो । प्रतिभावान् र कर्मठ नागरिक उत्पादन गरी मुलुकको विकासमा प्रहरी विद्यालयले पनि आफ्नो भूमिकालाई अझ बढी गतिशील र प्रभावकारी बनाउँदै जानेछ भन्ने कुरामा आफुले विश्वास लिएको भन्दै विद्यार्थी भाइबहिनीहरूको साङ्गीतिक प्रस्तुति उत्कृष्ट रहेको भनि प्रशंसा गर्नुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुको साथै उक्त खेलको बारेमा भए गरेको प्रगती विवरण समेत प्रस्तुत गर्नुभयो भने विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक मिन बहादुर कुँवर क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको शिक्षक हरिकृष्ण कार्कीले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्