IMG-LOGO

बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान दर्ता भो

 मंगल, सावन २२, २०८१  ---

 

                    धुलिखेल नगरपालिका वडा नं. ८ वडाल गाँउमा श्री बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान नामक संस्था, संघ संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम २०८१ श्रावण २० गतेका दिन दर्ता गरी औपचारीक प्रमाण पत्र लिएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेमा उक्त प्रतिष्ठानको  दर्ता नं. २३६७ रहेको छ । बडाल गाउँपालिकालाई धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रलाई जोड्ने पहलकदमी आध्यात्मिक प्रतिष्ठान दर्ता गरेको संस्थाका अध्यक्ष रामहरी वडालले बताउनुभयो । बहल्टारेश्वर मन्दिर निर्माणको लागि सोही वडाको जनचेतना युवा समुहको पहल र स्थानीयहरुको सकृयताले ४ महिना अघि श्रीमद् भागवत सप्ताह लगाई करीव ६४ लाख रकम संकलन गरेको कुरा संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेले बताउनुभयो । स्थानीय तीर्थ प्रसाद बडालले मन्दिरलाई आवश्यक पर्ने जग्गा दान गर्नु भएको छ भने वडा अध्यक्ष विनोद गौतमले वडाबाट १० लाख र धुलिखेल नगरपालिकाबाट नगर प्रमुख अशोक व्याञ्जुले आ.व. ०८१÷०८२ को बजेटबाट २० लाख बजेट विनियोजन गरेको छ । आचार्य पण्डीत सुदर्शन वडाल सहित उक्त प्रतिष्ठानको संरक्षणकर्ता प्रतिष्ठान स्थापनाका लागि स्थानीय जेष्ठ नागरिक, युवा सबै एकतावद्ध भई लागको बताइएको छ । उक्त प्रतिस्ठानको ११ सदस्य कार्य समिति रहेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्